Motivate News

विप्लव नेकपाका पोलिट्‍ब्यूरो सदस्य जीवन्त पक्राउ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई प्रहरीले गिरफ्तार गरेको छ । नेता कार्कीलाई प्रहरीले आफ्नै कोठाबाट शुक्रबार साँझ गिरफ्तार गरेको हो ।

ललितपुर च्यासलस्थित कोठाबाट सादा पोशाकका प्रहरीले गरेको पारिवारिक स्रोतले संचारमाध्यमहरुलाई जानकारी दिएको छ । केही दिनदेखि बिरामी परेका कार्की औषधि सेवन गर्न कोठामा पुगेको बेला प्रहरीले गिरफ्तार गरेको हो ।

यसअघि प्रहरीले गिरफ्तार गरेको थियो तर अदालतको आदेशमा कार्की रिहा भएका थिए । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएयता गिरफ्तार गर्ने कार्की उच्च तहका नेता हुन् ।

नेता कार्कीलाई गिरफ्तारबारे प्रहरीले कुनै जानकारी नभएको बताएको छ । गिरफ्तार गरेर बेपत्ता पारेको परिवारले आशंका गरेका छन् ।

सार्वजनिक तथा रिहाईको लागि पहल गरिदिन परिवारले मानव अधिकारकार्मी, पत्रकारसँग आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्