Motivate News

केभीएसको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

काठमाडौ सिनामंगल गैरिगाँउ स्थित काठमाडौ विनायक शिक्षालय केभीएसको बार्षिकोत्सव ,अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विहिवार जमल स्थित राष्टिय नाँचघरको पे्रक्षालयमा सम्पन्न कार्यक्रममा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमा केभीएसले देशका विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका व्यक्तीत्वहरुलाई सम्मान गरेको थियो ।

अभिभावक दिवसका अवसरका विधार्थीहरुले गायन नृत्य, फेसन सो लगायत विविध प्रस्तुतीहरुका मार्फतबाट प्रशस्त मनोरञ्जन दिएका थिए ।राष्टिय बाल नाटक महोत्सवमा प्रथम हुन सफल नाटक समेत विधार्थीहरुले मंचन गरेका थिए जुन कार्यक्रमकै विशेष आकर्षण बन्न सफल भयो । त्यसैगरि कार्यक्रममा उत्कृष्ट शिक्षक शिक्षीका र अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो । नेशनल प्याब्सनका पुर्व केन्द्रिय अध्यक्ष कर्णबहादुर शाहीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विभिन्न विधाललयका प्रिन्सिपल ,समाससेवी लगायत विभिन्न क्षेत्रका मुर्धन्य व्यक्तीत्वहरुको उल्लेख्य उपस्थीती रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि माधाव कुमार नेपालले विधार्थीहरुको क्षमता विकासमा केभीएसले खेलेको भुमिकाको प्रशंसा गर्दै विधार्थी भनेका खाली पाना हुन् जसमा जस्तो लेखीयो उस्तै बन्ने भन्दै केभीएसले उत्कृष्ट शिक्षा दिइरहेकाले यस विधालयमा छोराछोरी पढाउँन पाउँनु सवैका लागी गौरवको विषय भएको बताउँनुभयो । विधार्थीहरुको प्रस्तुतीले निकै लोभीएका नेपालले कार्यक्रममा बसुन्जेलनै उनिहरुका प्रस्तुतीका भिडियोहरु आफ्नो मोवाइलमा कैद गरेका थिए

विधालयका प्रिन्सिपल सम्झना लामाले केभीएस एम टु एम अर्थात मन्टेश्वरी देखी मास्टर डिग्री सम्म अध्यापनको लक्ष्य लिएर हिडिरहेको र अभिभावको सकारात्मक सहयोग र मायाका कारण आफु थप उत्साहित भएको बताउनु भयो । विधार्थीको क्षमता विकासमा आफुहरुले कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले विधालयले गरेको लगानीलाई विधार्थीहरुले समेत विभीन्न विधामा अर्वाड ल्याएर विधालयको गरिमा उच्च बनाएको बताउँनुभयो

। कार्यक्रम विधालय व्यवस्थापन समितीका अध्यक्ष गेन्द्र लामाको सभापतीत्वमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्