Motivate News

काठमाडौंमा भूकम्पको धक्का महशुस

चैत्र ४ काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ९ बजेर १ मिनेट जाँदा  काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ केन्द्र भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको बताएको छ । यो २०७२ बैशाख १२ गतेको भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ, नुवाकोट र काभ्रेमा पनि महशुस गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्