Motivate News

नेताहरु नपुग्दैँ कांग्रेस मुख्यालयमा विद्यार्थीको धर्ना

काठमाडौं – नेपाली कांग्रेस निकट विद्यार्थी संगठनहरुले शिघ्र महाधिवेसनको माग गर्दै पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । पार्टीको केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्नुअघि देखि नै नेविसंघका विद्यार्थीले धर्ना शुरू गरेका हुन् ।नेविसंघको महाधिवेशन यथाशीघ्र हुनुपर्ने, तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद लागू हुनुपर्ने, विधान कार्यान्वयन हुनुपर्ने लगायत माग राख्द्रैँ नेता कृष्णप्रसाद सिटौला निकट मानिएका विद्यार्थीले पार्टी मुख्यालयमा धर्ना दिएका छन् । बिहान ११ बजे शुरू हुने भनिएको पार्टी केन्द्रीय समिति बैठक अझै शुरू भएको छैन ।

बैठकका लागि शीर्ष नेता आउने क्रम जारी रहेको पार्टी निकट स्रोत बताउँछ ।‘हालसम्म उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, शंकर भण्डारी आउनुभयो । उहाँहरूले हामीलाई माग थाहा छ, प्लेकार्ड देखाउनुपर्दैन भन्नुभयो,’ धर्नामा बसेका मध्ये एक विद्याथीले भने । पार्टी कार्यालय भवनको मुख्य प्रवेशद्वारमा नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको नेतृत्वमा निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट लगायतका विद्यार्थी नेता कार्यकर्ता धर्नामा बसेका छन् ।

प्रतिकृया दिनुहोस्