Motivate News

रेशम चौधरीलाई तत्काल रिहा गर्न बाबुरामको माग

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई टीकापुर हत्याकाण्डमा मुख्य योजनाकार भनि जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीलाई तत्काल रिहा गर्न माग गरेका छन् । टीकापुर घटना राजनीतिक विद्रोह भएकाले अपराधिक घटना रुपमा चित्रणा नर्गन उनले आग्रह गरेका हुन् ।

‘अतः टीकापुर विद्रोहलाई राजनीतिक रुपले नै संबोधन गरिनुपर्छ र मानीय रेशम चौधरीलगायत सबै अविलम्ब रिहा हुनुपर्छ’, बाबुरामले भने, यता सरकारले सिके राउतलाई भने अनावश्यक महत्व दियो’ । ‘न्यायिक प्रक्रियामा रहेका व्यक्तिसँग हठात भएको सम्झौताले सरकारले न्यायिक प्रक्रियामा हस्तक्षेप गरेको र सेटिङ्ग राज्यको विकृत अभ्यासतिर उद्यत भएको पुष्टि हुन्छ’ बाबुरामले अघि भने ‘यो घटनाले न्यायालयको निष्पक्षता, तटस्थता र मर्यादामा गम्भीर क्षति पुर्‍याएको छ ।’

प्रदेश रचनाको मोडलमा विमति राख्ने उत्पीडित थारु समुदायको राजनीतिक विद्रोहको सोही क्षेत्रबाट रेशम चौधरी निर्वाचित भएपछि जनअनुमोदन भएको बाबुरामको दाबी छ ।

प्रतिकृया दिनुहोस्