Motivate News

प्रहरीलाई घुस दिन खोजेको भन्दै ट्याक्सी चालक नियन्त्रणमा

काठमाण्डौ – प्रहरीलाई घुख दिन खोज्ने ट्याक्सी चालकलाई महानगरीय प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको छ । मंगलबार विहान रामेछाप घर भई काठमाण्डौको ढल्कु बस्ने २२ बर्षिया दिनेश तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले कागजपत्र मागेपछि उनीसंग कागज नभएको पाइएपछि नगद रु २ सय रूपैयाँ दिन खोजेका थिए । तामाङलाई ट्याक्सी र रकम
सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाण्डौ महानगरपालिका २६ गल्खुपाखाबाट बा १ ज ८०२६ नम्बरको ट्याक्सी सहित पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस्