Motivate News

२०० विद्यार्थीको आँखा परिक्षण, इलेक्ट्रोनिक्स डिभाइसको प्रयोग कम गराउन अभिभावकलाई डाक्टरको सल्लाह

चैत्र १३ काठमाडौँ – प्रविधिको विकास संगै इलेक्ट्रोनिक्स डिभाइसको बढ्दो प्रयोगका कारण आजकाल बिस्वभरी नै स-साना बालबालिकाको आखामा समस्या देखिन थालेको छ।

आजकाल बच्चा भुलाउने सजिलो माध्यम टेलिभिजन , मोबाइल, ट्याब्लेट जस्ता इलेक्ट्रोनिक्स डिभाइसले ओगटेको छ।  जसका कारण स-साना बालबालिकाको आखामा सानै उमेरदेखि भिजनको समस्या देखिन थालेको छ।  यस्तै समस्याको खोजि गर्न आज Lions Club International District 325 A1 अन्तरगतका क्लबहरुले Collaege station noon Lions , Texas USA को सहयोगमा गोकर्णेश्वर नगरपालिका अन्तर्गतको गोकर्ण माध्यामिक विद्यालय र कान्तिभैरब गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीहरुको आखाको दृष्टि परिक्षण गरेको छ।

साना कक्षादेखि ठुला कक्षासम्मका करिब २००विद्यार्थीलाइ  गरिएको परिक्षणमा ३० भन्दा बढी विद्यार्थीको आखामा समस्या देखिएको लायन्स क्लब उत्तरबाहिनीका सदस्य लायन्स संजय दाहालले जानकारी दिए।  स्कुलको खाजामा जंक फुडको अत्याधिक प्रयोग हुनु , भिटामिन ए भएका खानेकुरा कम खानु र बढी समय इलेक्ट्रोनिक्स डिभाइसमा बिताउनु यसको प्रमुख कारण रहेको पनि दाहाल बताउछन।

अबका दिनमा यो बारेमा विद्यालयमै बिद्यार्थीलाइ शिक्षा नदिने हो भने साना बालबालिकामा हुने आखाको दृस्टी समस्या झन् बढ्ने उनको भनाइ छ।  त्यहि भएर आफ्ना बालबालिकालाई जंकफुड सकेसम्म खान नदिन , भिटामिन ए भएका खानेकुरा बढी खानदिन , टिभी मोबाइल जस्ता इलेक्ट्रोनिक्स डिभाइसको कम प्रयोग गराउन पनि उनि अभिबावकहरुलाई सल्लाह दिन्छन।

प्रतिकृया दिनुहोस्