Motivate News

परीक्षा संयन्त्रमा प्रश्न, २४ सै घण्टाको सुरक्षा घेराबाट कसरी बाहिरियो प्रश्नपत्र ?

चैत्र १६ काठमाडौं–प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिन्ह खडा भएको छ । २४ सै घण्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घण्टा पहिल्यै कसरी सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो भन्ने आकंलनसहितको समाचार कान्तिपुर दैनिकले छापेको छ । प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को एसईई परीक्षा स्थगित भएको छ ।

प्रश्नपत्र आउट भएको विषय छानबिन गर्न ३ टोली गठन गरिएको छ । विद्यार्थीले परीक्षाको प्रश्नपत्र आउट भएर परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका छन् ।
त्यस्तै ५ वर्षमा ८८ खर्ब चाहियो शीर्षकको समाचारमा हिजो (शुक्रबार)देखि शुरु भएको लागनी सम्मेलनमा ५ वर्षमा ८८ अर्ब लगानी चाहिने गरी परियोजना प्रस्ताव गरिएको, पहिलो दिन विभिन्न सात विषयमा छलफल भएको समाचारमा उल्लेख छ ।

लगानी सम्मेलनमा सहभागी हुन पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव भने असन्तुष्ट भएका छन् । मन्त्री बस्ने लहमा उनलाई बस्ने ठाउँ नभएको भन्दै पछि बसेका थिए । पछि उनी कार्यक्रम नै नसकिकन बाहिरिएका थिए ।

प्रतिकृया दिनुहोस्