Motivate News

खुसी कसरी हुने ? विलियम शेक्सपियरको खुसी हुने तरिका

काठमाडौँ –  मोटिभेट न्यूजले हरेक दिन सफलताका लागि प्रेरक भनाईहरु र कथाहर प्रस्तुत गरिरहेको छ । त्यस्तै केही ज्ञान उपयोगी कथा र विचारहरु पनि यहाँहरुले अध्ययन गरिरहनु भएको छ । आजा हामी खुसी हुने तरिकाका बारेमा विलियम शेक्सपियरले भन्नुभएको भनाइलाई प्रस्तुत गर्दैछौँ । उहाँलाई कसैले खुसीका बारेमा सोध्यो, तपाई संधै खुसी देखिनुहुन्छ किन ?

उहाँले उत्तर दिनुभयो – ‘म सधै खुसी हुन्छु, थाहा छ किन ? किनभने म कसैबाट केही अपेक्षा राख्दिन । आशाले सधै निराश बनाउँछ । जीवन छोटो छ, यसर्थ खुलेर जीऔं । खुसी रहौं । मुस्काइरहौं ।’

प्रश्नकर्तालाई सुझाव सहित उनले यसरी खुसी हुन अग्रह पनि गरे :

बोल्नुपूर्व -सुन ।
लेख्नुपूर्व – सोच ।
खर्च गर्नुपूर्व – कमाउ ।
प्राथानापूर्व – क्षमा गर ।
चोट पुर्याउनुपूर्व – अनुभूत गर ।
घृणा गर्नुपूर्व – माया गर ।
हार्नुपूर्व – प्रयाश गर ।
मर्नुपूर्व – खुलेर बाँच ।
यँही जीवन हो, यसलाई अनुभूत गर अनी आनन्द मनाऔं ।

 

प्रतिकृया दिनुहोस्