Motivate News

कविता : डियर साकुरा

जीवन एक समय हो
एक मौसम हो
समय अनुसार बदलिरहन्छ
केवल फूलिनैरहन्छ
परिस्थिति जस्तो सुकै होस
जीवन पनि चलिरहन्छ
ऑधीहुरि ताईफू आएपनि
ओइलिएर झरेपनि
फूल्ने झर्ने क्रम रहिरहन्छ
त्यस्तै
अध्यारो रातपछि
सुनौलो बिहान ऑउछ
जीवन पनि त्यस्तै हो
अनेक घुम्तीमोड
दुखपछि सुख आउँछ
आशमा मान्छे बॉचेको हुन्छ
मनमा सपना सॉचेको हुन्छ
परिणाम जेसुकै भएपनि
हो
म पनि यस्तै छु
बोल्नेसंग बोलिदिन्छु
हॉस्नेसंग हॉसिदिन्छु
रुनेसंग रोइदिन्छु
माया र आदर गर्नेलाई
सम्मान गरिरहन्छु
टाढा हुनेलाई बिर्सिदिन्छु~~~✍️

प्रतिकृया दिनुहोस्