Motivate News

एउटा जोगीले यसरी वचाए आत्महत्या गर्नलागेका युवालाई…..

काठमाडौँ – उनी ऋणमा चुर्लुम्म डुबेका थिए । पैसा माग्न आउनेको ताँती लाग्ने गथ्र्यो । घरमा बाबुआमाले विश्वास गर्न पनि छोडेका थिए ।
‘यसले पूरा परिवारलाई माग्ने बनाउँछ ।’ बाबुआमाको भनाइ थियो यो । नाम उत्सव थियो उनको । तर जीवनमा उत्सव जस्तो केही चीज बाँकी थिएन । म यहाँ मेरो माइलो दाइको कथा भन्दैछु ।

ऋणको चिन्ताले उनी बढी नै झोक्राउने र एक्लै बस्न थालेका थिए । कोही साहु आएर जति कराए पनि उनी केही बोल्दैनथिए । उनलाई कतिले त कठालोसमेत समाए तर उनले जवाफ दिन छाडेका थिए । मानिसहरु ठान्थे अब उसमा स्वाभिमान भन्ने चीज नै बाँकी बचेको छैन ।

‘लाज पचेको लबस्तरो भइसक्यो यो । नबोलेर मुडो भएर अर्काको पैसा पचाउन सक्छु भन्ठान्दो हो । मर्नु अनि मात्र मिनाह गरिदिउँला । यससँग पैसा लिने अरु नै केही तरिका लाउनु पर्छ ।’ पैसा उठाउन आएका साहुहरु प्रायः यसो भन्दै फर्किन्थे । खुब बोल्नुपर्ने उत्सव दाइ एकाएक मौन भएको घरका अरुलाई कस्तो लाग्थ्यो कुन्नि तर मलाई चाहि“ ठिक लागिरहेको थिएन ।

म बच्चै थिएँ । के भएको बुझ्दिनथे“ । तर दाइलाई मान्छेले राम्रो गरिरहेका छैनन् भन्ने चाहि“ मलाई थाहा थियो । उनलाई के भएको हो कसैलाई पनि थाहा थिएन । कि घरकाले उनको वास्ता गर्न पो छोडेका हुन् कि । मलाई दाइको पीर लाग्न थालेको थियो ।

एक दिन दिउँसो घरमा दाइ र म मात्र थियौ“ । सायद त्यो दिन स्कुल बिदा थियो । हो शनिबार नै थियो । घरमा न बुबाआमा न भाउजु नै हुनुहुन्थ्यो । ससुरालीतिरका मान्छेको पनि ऋण थियो दाइलाई ।

‘अब त कतै पनि इज्जत बाँकी बचेन । माइतितिर पनि मुख देखाइ नसक्नु भयो ।’ भाउजु पनि रातोदिन कराउनु हुन्थ्यो । बाबुआमाको आँखा तराइ उस्तै झीर जस्तो थियो ।

दिउँसो एउटा माग्ने आयो । त्यस बेलासम्म माग्नेप्रति मेरो मनमा त्यति राम्रो भावना थिएन । यिनीहरु काम गर्नका अल्छीले माग्ने बनेका हुन् भन्ने सुनेकाले त्यसैलाई मान्यता बनाएको थिएँ ।

“तपाईं यस्तो बलियो बाङ्गो भएर माग्न लाज लाग्दैन ?” कुनै बेला ठूला मान्छेले बोलेको कुरा टपक्क टिपेको थिएँ । नटीनटी थिएँ क्यार । मुख खोलिहाले“ ।

“बाबु, तिमी सानै छौ यस्तो कुरा अलि बुझ्दैनौ । यो संसारमा नमाग्ने कोही छैन । म तिमीसँग मागिरहेको छु, तिमी तिम्रो बाबुसँग माग्छौ, तिम्रा बाबु अहिले कतै कोहीसँग मागिरहेका होलान् । तिम्रो देशको प्रधानमन्त्री विदेशमा गएर म देश बनाउँछु भन्दै मागिरहेछन् । अमेरिकाले पनि ऋण र अनुदान मागेरै देश बनाएको हो । संसारमा सबैभन्दा बढी ऋण नै उसैको छ ।

यो संसारमा सबका सब माग्ने छन् । सबका सब ऋणी छन् । त्यसकारण माग्न लजाउनु पर्ने कुनै कारण छैन । न त ऋण लाग्यो भनेरै चिन्ता गर्नु पर्ने आवश्यक छ । तिमी केका लागि मागिरहेका छौ त्यो कुरा प्रमुख हो ? यो धराका हामी सबै मनुष्य एक अर्कासँग मागिरहेका छौ“ । तर दिनेहरुलाई के भ्रम पर्छ भने म दाता हुँ । जस्तो तिमीले अहिले मलाई केही चामल दिन्छौ । त्यो बेला तिमीलाई लाग्छ म दाता हुँ । तर तिमी दाता होइनौ । यहाँ कोही दाता छैन । दाता सबैको एउटै छन्, परमात्मा । यहाँ जसले जसलाई दिए पनि दिने उसैको हो ।”

त्यो बेला मैले उसको कुरा धेरै बुझ्न नसक्नु कुनै अनौठो थिएन । म सानै थिएँ । मैले उही केटौले प्रश्न फेरि सोधे“, “त्यसो भए के माग्दैमा सबै कुरा पाइन्छ ?”

“पाइन्छ ।” ती भिखारीले आत्मविश्वासका साथ भने, “मागेर नपाउने यो संसारमा केही छैन । बस् माग्ने हिम्मत चाहिन्छ । त्यसैले जीवनमा महान् बन्न चाहन्छौ भने माग्ने हिम्मत गर । महान् माग ।”

“माग्दा जे पनि पाइदो रहेछ भने तपाईं सुन नमागेर किन चामलका दाना माग्नुहुन्छ ?” यो माग्ने दर्शन नबुझेको मलाई उसको कुरा निकै अनौठो लागेको थियो ।

“बाबु, जुन बेला जे आवश्यक हुन्छ बुद्धिमान मानिसले त्यही मात्र माग्नुपर्छ । भोक लागेको बेलामा चामल, तिर्खा लागेको बेलामा पानी नै माग्नुपर्छ सुन होइन । तिमी लेख्नका लागि आफ्नो बाबासँग कलम माग्छौ कि सुन ?”

“कलम ।” मेरो स्वर सानो भयो ।

“हो, जीवनमा यी कुरा सधै“ ख्याल राख, सुन हुनु राम्रो कुरा हो तर सबै ठाउँमा सुन काम लाग्दैन । तिमी बाठो त छौ तर तिमीले धेरै कुरा बुझ्न बाँकी छ । आऊ यहाँ बस म तिमीलाई एउटा कथा सुनाउँछु ।” उनी पिँढीमा थचक्क बसे“ ।

म पनि उनको छेउमा गएर बसे“ । मलाई कथा सुन्न मनपथ्र्यो ।

“एक समयको कुरा हो । एउटा धनी राजा थियो । उसको नाम मिदास थियो । त्यो राजाले ठूलो तपस्या गरेर भगवान्लाई खुसी बनायो । उससँग खुसी भएका भगवान्ले एउटा कुरा जे मागे पनि उसलाई दिने भए ।

मिदासले धेरै सोच्नै परेन । उसले बुझेको थियो सुन नै यस पृथ्वीमा सबैभन्दा मूल्यवान वस्तु हो र सुनले जेसुकै किन्न सकिन्छ । उससँग पहिला पनि धेरै सुन थियो । ऊ राजा थियो । उसले भगवान्सँग आफूले जे छोयो त्यो सुन बनोस् भन्ने वरदान माग्यो । भगवान्ले तथास्तु भनेर उसको माग पूरा गरे ।

भोलिपल्ट बिहानदेखि वरदानले काम गर्न थाल्यो जब उसले देख्यो बिहान उठ्दा ऊ सुतेको खाट सुनको भएको थियो । ऊ सिंहासनमा बस्यो सिंहासन सुनको भयो ।

राजा मिदास एकदमै खुसी भयो, जब उसको पूरा दरबार सुनको भयो ।

ब्रेकफास्ट खाने बेला भयो । उसका दासदासीले खाना टेबलमा सजाए । जब मिदासले खाना छोयो तब सबै खाना सुन भयो । उसलाई भोक लागेको थियो तर ऊ खान सक्दैन थियो किनकि उसको खाना सुन भएको थियो ।

पहिलो पटक राजालाई ठूलो झट्का लाग्यो ।

बाबाले छुनासाथ सबै कुरा सुन हुन्छ भन्ने कुरा सुनेकी राजकुमारीले जब बिहान उठ्ने बित्तिकै आफ्नो पूरा दरबार सुनले बनेको देखिन् तब उनी ज्यादै नै खुसी भएर दौडँदै बाबुलाई धन्यवाद भन्न गइन् ।

जब राजा मिदासले आफ्नी प्रिय छोरीलाई अँगालो हाल्यो उनी सुनको मूर्तिमा परिणत भइन् । आफ्नी प्यारी छोरी मूर्ति बनेको देखेर राजालाई खपिनसक्नु चिन्ता र औडाहा भयो । ऊ खुब रोयो ।

अब आपूmले छुनासाथ जे पनि सुन हुने वरदान उसका लागि कति अभिशाप थियो भन्ने कुरा उसले बुझ्यो ।

उसले फेरि भगवान्को प्रार्थना ग¥यो । अब ऊ त्यो वरदान फिर्ता गरेर पहिलाकै जस्तो अवस्थामा रहन चाहन्थ्यो । उसले भगवान्सँग फेरि पहिलाको जस्तै हुन वरदान माग्यो ।

भगवान्ले तथास्तु भन्नासाथ राजा मिदासको पुरानै कुरा सबै फर्कियो । उसकी छोरी मूर्तिबाट मान्छेमा परिणत भइन् ।

हो, त्यसैले तिमी पनि राजा मिदास जस्तो सुन सुन भनेर नबस । सुनले भोक मर्दैन । न सुनले माया प्रेम नै दिन्छ ।”
त्यसै बेला भित्रबाट मेरा दाइ एक माना चामल बोकेर बाहिर आए र संन्यासीको थैलीमा चामल हाले ।

“तिम्रो अनुहार किन यति उदास ?” झोलामा चामल थापेर सोधे संन्यासीले ।
“बाबा, म एकदमै चिन्तामा छु । म नराम्रोसँग ऋणमा डुबेको छु ।” दाइले मसिनो स्वरमा भने ।

“यसमा चिन्ता किन ? यो संसारमा ऋण कसलाई छैन ? के तिम्रो राज्यलाई छैन । ठूलाठूला व्यापारीलाई छैन ? झन् बढी छ । संसारको सबैभन्दा धनी देश हो अमेरिका तर त्यसलाई जति ऋण अरुलाई छैन । तथापि संसारको सबैभन्दा शक्तिशाली ऊ नै छ । ऋण छ भनेर हीनताबोध गर्नुपर्ने वा आपूmलाई कमजोर ठान्नुपर्ने केही कारण छैन ।”

“तर मानिसले मेरो टाउको खाइसके ।”
“यदि तिमी मानिसको दबाब सहन सक्दैनौ भने तिनीहरुको ऋण तिरिदेऊ ।”
“मेरो एक रूपैयाँ आम्दानी छैन । जे व्यापार गरे“ सबै डुब्यो । कसरी तिर्ने ऋण ?” झर्कियो दाइ ।
“तिमी अहिलेसम्म के सोच्छौ ? म बर्बाद भएँ । म ऋणमा डुबे“ । अब म ऋणबाट मुक्त हुन सक्दिनँ । होइन त ?”
दाइले हो सूचक टाउको हल्लायो ।

संन्यासी फेरि बोले, “हो, यही सोचले तिमीलाई रोकेको छ ऋण तिर्न । अब आजदेखि सोच, ‘म सबैको ऋण तिर्छु ।’ र, यसका लागि तिमी प्रयास पनि गर । पहिला बैंकबाट ऋण लिन सिक । व्यक्तिसँग ऋण लिनु राम्रो होइन । तिमीले बैंकसँग ऋण लियौ भने आर्थिक अनुशासनमा बस्न पनि सिक्छौ र समाजमा बदनामी पनि हुँदैन ।”
“धन्यवाद, तपाईंले मेरो जीवन बचाउनुभयो ।” दाइले भने । जोगी उठेर हिँडे ।

त्यो दिनदेखि मेरो मान्छेलाई हेर्ने दृष्टिकोण बदलियो । म हरेक मान्छेलाई महङ्खवपूर्ण मान्न थाले“ । वास्तवमा हरेक मान्छे महङ्खवपूर्ण हुन्छ पनि ।

माग्ने हिँड्ने बित्तिकै दाइले मलाई तानेर भित्र लगे ।
“ल, यो हेर ।” भित्र लगेर सिलिङ देखाउँदै भने ।
त्यस्तो अनौठो केही थिएन । सिलिङमा एउटा डोरी झुण्ड्याएको थियो ।

“यो डोरी त हो । किन यहाँ डोरी ?” अचम्म लाग्ने कुरा केही नभएकाले सामान्य रुपमा सोधे“ ।

“मेरो भाइ, म यो डोरीमा पासो लागेर मर्न लागेको थिएँ । म यो ऋणको भारी बोकेर हिड्न नसक्ने भएको थिएँ । तर जब ती जोगीका कुरा सुने“ ममा फेरि आशा पलायो । हजार आशाका ताराहरु एकैसाथ उदाए मेरो मनको आकाशमा । अनि मैले आत्महत्या गर्ने निर्णय बदले ।

अब म फेरि केही गर्छु । म केही महिनामा सबैको ऋण तिर्छु ।” यसरी एक जोगीले आफ्नो आशावादी विचारले आत्महत्या गर्न लागेको एक युवकलाई बचायो ।

हजार आशाहरुबाट

प्रतिकृया दिनुहोस्

संविधानको २ वर्ष, सर्बस्विकार्यमै प्रश्न

काठमाडौँ – ठिक दुई वर्षअघि आजकै दिन (२०७२ असोज ३ गते) जारी भएको नेपालको संविधान अझै सर्वस्वकार्य बन्न सकेको छैन । दुई वर्षे यो अवधिमा एउटा निर्वाचन तिन चरणमा सम्पन्न हुनु बाहेक गर्व गर्नलायक उपलब्धि देखिदैन । राष्ट्रपति, उपराष्ट्रपति, तिन प्रधानमन्त्री र...

सिए अध्ययनरत विद्यार्थी प्रकाश लेख्छन्: कालिकोटको अवको वाटो, शुन्यदेखि सयसम्म

काठमाडौँ – सर्वप्रथम पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विजयी सबैलाई बधाई तथा सफल कार्यकालको छ । यो निर्वाचनबाट पराजय भोग्नु हुने सबैलाई झनै शुभकामना । तपाइहरुको आगामी बाटोलाई अझै स्पष्ट र शानदार बनाएर आऊने दिनमा जनताको मन र मत जित्ने त्यो आँट...

पानी नचल्ने हातको औठाछाप, तिम्रो बा को चुनाव चिन्हमा चल्ने ?

बेलायत – “पानी नचल्ने हातको औठाछाप चल्ने” देशमा चुनाबको माहोल तातिएको बेला आउ, तिम्रो र मेरो प्रेमको गर्मी पनि अलिकती थपौं,, मेरो सार्की बाउको हातको पानी तिम्रो बाहुन बा लाई नचल्ने, आज चुनावमा त्यही पानी नचल्ने हातको औठाछाप तिम्रो बा को चुनाव...

सांसद हुन त यस्ता पो !

काठमाडौं – महाभुकम्प गएको पनि २ बर्ष पुग्न लाग्यो । १२ बैसाख २०७२ को दिन नेपालीहरुका लागि एक कालो दिन बनेर आयो, हजारौँ जनताको कयौँ सपनाहरु क्षणभरमै खरानी बने । झण्डै दश हजारको ज्यान गयो, हजारौँको संख्यामा घाइते भए । कति घर...