Motivate News

डिभोर्सको समाचार छाप्ने मिडियामाथि मुद्दा हाल्दैँ प्रियंका चोपडा

काठमाडौँ । चर्चित बलिवड अभिनेत्री प्रियङ्का चोपडाले श्रीमान निक जोनससँगको डिभोर्सको समाचार छाप्ने मिडियामाथि मुद्धा दर्ता गर्ने तयारी गरेकी छन् । विवाहको दुई महिना पूरा भएलगत्तै उनीहरु बिच डिभोर्सको तयारी भएको एक अमेरिकी म्यागजिनले समाचार प्रकाशित गर्दै दाबी गरेको थियो ।

प्रियंकाको किचकिचे बानी र बच्चा जस्तो स्वभावका कारण दिक्क भएर निकले डिभोर्स दिन लागेको भनेर उक्त म्यागजिनले लेखेको समाचारप्रति प्रियङ्काले गम्भीर आपत्ती प्रकट गरेकी छन् । नायिका प्रियंकाले उक्त कुरा गलत भएको र उक्त मिडियामाथि मुद्धा हाल्ने बताएकी छन् ।

उक्त कुरा आफ्नो जीवनमा नराम्रो असर गरेको र छाप्ने म्यागेजिनविरूद्ध मानहानीको मुद्धा हाल्ने प्रियंकाले तयारी गरेकी बताईएको छ । प्रियंकाले आफ्नो र निकको वैवाहिक जीवन निकै खुशीसाथ चलिरहेको समेत बताएकी छिन् । उक्त अमेरिकी म्यागजिनलाई उद्धृत गर्दै प्रियंका र निकको डिभोर्सको समाचार विश्वव्यापी रुपमा विभिन्न मिडियाहरुले छापेका थिए ।

प्रतिकृया दिनुहोस्