Motivate News

प्रदिप र जसिताको ‘लभ स्टेशन’ आजबाट देशव्यापी प्रदर्शनमा

२२ चैत, काठमाडौँ – प्रतिक्षित चलचित्र ‘लभ स्टेशन’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । उज्जवल घिमिरेको निर्देशनमा बनेको उक्त चलचित्रमा गोविन्द शाहीले लगानी गरेका छन् । चर्चित नायक प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ ले सोलो रिलिजको अवसर पाएसँगै उच्च व्यापारको गर्ने अनुमान गरिएको छ ।

चलचित्र ‘लिलिबिली’बाट उदाएको यो जोडीलाई ट्रेलर र चलचित्रको गीतमा दर्शकले खुबै मन पराएकाले चलचित्र चल्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्