Motivate News

बाख्राले मान्छे जस्तै पाठा जन्माएपछि…

काठमाडौँ । केही महिनाअघि अर्जेन्टिनामा एक किसानको बाख्राले मान्छेकै जस्तो रूप भएको पाठो जन्माएको खबरले सबैलाई आश्चर्यमा पारेको थियो । ती किसानमाथि गाउँलेहरूले बाख्रो करणीको आरोप लगाएको र उनलाई बसिटिक्नु नभएको भन्ने खबर आएको थियो । तर अहिले भने हाम्रो छिमेकी भारतमै एउटा बाख्राले मान्छेको जस्तै बच्चा जन्माएको छ । त्यो पनि एउटा होइन, दुई दुई वटा । भारतको कर्नाटकस्थित मैसूर जिल्लामा पर्ने सोलेपुर गाउँका भास्कर नामका किसानको घरमा पालेको बाख्रीले मान्छेकै जस्तो रूप भएका जुम्ल्याहा पाठा जन्माएको हो ।

गाउँमा बाख्रोले मान्छेकै जस्तो रूप भएको बच्चा जन्माएपछि गाउँलेहरू अचम्ममा परेका छन् भने त्यो अद्भूत पाठा हेर्न अन्य गाउँका मानिस समेत भेला भएका छन् । यद्यपि बाख्राले जन्माएका जुम्ल्याहा पाठा जिउँदा भने छैनन् । जन्मिँदै ती पाठा मरेका थिए । बिहान साढे ६ बजे बाख्रीले पहिलो मरेको पाठो जन्मायो, जसको आकार मान्छेको जस्तै थियो । त्यसको पाँच घण्टापछि अर्को मरेको पाठी जन्मियो । उक्त पाठीको आकार प्रकार पनि मान्छेको जस्तै थियो ।

समाचार अनुसार ती पाठापाठीका ७० प्रतिशत रूपरङ मान्छेकै जस्ता छन् । आँखा, नाक र मुख मान्छेकै बच्चाको जस्तो छ । खुट्टा पनि मान्छेकै जस्ता छन् । जिउ पनि मान्छेको जस्तै सिधा छ । मात्र फरक भनेको हात खुट्टामा औँलाको साटो खुर छन् भने कान पनि बाख्रोका जस्तै छन् । मान्छेका जस्ता बच्चा जन्माउने बाख्रोका मालिक भास्कर आङ्खनो बाख्रोले डरलाग्दा पाठापाठी जन्माएपछि निकै आत्तिएका छन् । आफूले ४ वर्षदेखि त्यो बाख्रो पाल्दै आएको र अहिलेसम्म बाख्रोले १० वटा सामान्य पाठापाठी पाएको उनले बताएका छन् ।

मान्छेको आकारका पाठापाठी जन्मिएछि त्यसलाई हेर्न सयौँ मानिस भास्करको घरमा भेला भएका छन् । त्यो घटना अशुभ सङ्केत भएको र गाउँमा प्रलय हुनसक्ने भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्ने गरेका छन् । कतिपय गाउँलेहरूले ती मरेका पाठापाठीलाई तत्कालै गाड्न सल्लाह दिएका छन् । तर भास्करले भने आखिर के कारणले त्यस्तो भयो भन्ने कुराको परीणगरेपछि मात्र पाठापाठी गाड्ने भनेका छन् । विज्ञहरूका अनुसार वंशाणुगत विकृति अर्थात इन्फेक्सनका कारण त्यस्तो पाठापाठी जन्मिएका हुन् । त्यसलाई चिकित्साको भाषामा फेटल एनासार्ता भनिन्छ । कर्नाटकको पशु विभागले भास्करको बाख्राले जन्माएका ती अचम्मका मृत पाठापाठीलाई सुरक्षित गरेर राख्ने र अर्को वर्षको अक्टोबरमा हुने दशरा प्रदर्शनीमा प्रदर्शनमा राख्ने योजना बनाएको छ । –विभिन्न एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्