Motivate News

पढ्नुहोस् ५१ ओटा नेपाली उसान टुक्काहरु

काठमाडौँ – उखान टुक्का जोडेर भाषणलाई प्रभावकारी बनाउने तरिकाका कारण प्रधानमन्त्री केपि शर्मा ओली ‘टुक्के’ उपनामले विपक्षीहरुमा चर्चित छन् । त्यही टुक्का जोडेर भाषण गरेकै कारण ओली अहिले यो स्थान ओगेट्न सफल भएका छन ।

लौहा पुरुष भनेर उपाधी पाएका गणेशमान सिंह उखान टुक्का जोड्दै घण्टौं भाषण गर्थे र जनतालाई मग्नमुग्ध पार्ने गर्दर्थे । यसको तात्पर्य नेपाली समाजले उखान टुक्का अतिनै रुचाउँछ भन्ने हो । तसर्थ आज हामी ५१ ओटा नेपाली उसान टुक्काहरु यहाँको माझमा प्रस्तुत गर्दैछौँ ।

१) एउटा बिराउने शाखा पिराउने।
२) बाँदरको पुच्छर लौरो न हतियार।
३) के खोज्छस् कानो आँखो।
४) नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाउको अनुहार।
५) रातभरी रुङ्यो, बूढी जिउँदै।
६) जब राती, बूढी ताती।
७) हात्ती छिर्‍यो पुच्छर अड्क्यो।
८) हात्ती आयो हात्ती आयो फुस्सा।
९) किन रोइस् मङ्‍गले आफ्‍नै ढंगले।
१०) एक्लो बृहस्पति झुट्‍टा।
११) नजिकको तीर्थ हेला।
१२) ढुंगा खोज्दा देउता मिल्नु।
१३) गहिरा घरलाई पहिरा डर, डाँडा घरलाई के को डर।
१४) लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ।
१५) लाटा देशमा गाँडा तन्‍नेरी।
१६) अन्धाको देशमा आँखा छोप्नु, लङ्‍गडाको देशमा खुट्‍टा खोच्याउनु।
१७) साउनमा आँखा फुटेको गोरूले बार्‍है महिना हरियो देख्छ।
१८) औंसीमा किन्यो पूर्णेमा फाट्‍यो।
१९) खान्‍न खान्‍न लोकाचार खाएपछि माना चार।
२०) काम छउन्‍जेल भाँडो काम सकिएपछि ठाँडो।
२१) जति भाँडो उति चुबर्को।
२२) तँ आँट म पुर्‍याउँछु।
२३) हरिप देखेर दैव डराउँछ।
२४) दैव दिने पितृ हर्ने।
२५) बार्‍ह वर्षमा पोइ आयो मै राँडलाई ज्वर आयो।
२६) अघि राँड मानिन, पछि राँड जानिन।
२७) लाग्यो घिच्याउन, राँड लाग्यो चिच्याउन।
२८) बाहुना बाउले च्याउ खाओस् न स्वाद पाओस्।
२९) मर्ने बेलाँ हरियो काँक्रो।
३० भुक्ने कुकुले टोक्दैन।
३१) विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन।
३२) राम राम सीता पोइ मर्ने बेला कोही न कोही।
३३) मर्दकी दश ओटी।
४३) मुखमा राम राम बगलीमा छुरा।
३५) मौकामा कोढीको पनि पाउ मोल्नु पर्छ।
३६) गाई कहिले ननुहाए पनि सेता सेतै, भैंसी जति नुहाए पनि काला कालै।
३७) बलेको आगो ताप्न छोडेर निभेको आगो को तापोस्।
३८) बलेको आगोमा घिउ थप्नु।
३९) अर्थ न बर्थ गोविन्द गाई।
४०) छन् गेडी सबै मेरा छैनन् गेडी सबै टेढा।
४१) दुधको साक्षी बिरालो।
४२) कहिले सासूको पालो कहिले बुहारीको पालो।
४३) बार्‍ह वर्षमा खोलो पनि फर्कन्छ।
४४) टुहुराको सहारा दैव।
४५) मेरो गोरूको बार्‍है टक्‍का।
४६) नाच्न जान्दैन आँगन टेढो।
४७) भाग्यमानीको भूतै कमारो।
४८) तालुमा आलु फल्नु।
४९) जोईको जोई पोईको पोई हामी बीचमा कोई न कोई।
५०) जो चोर उसकै ठूलो स्वर।
५१) चोरको स्वर ठूलो डाँकाको आँखा ठूलो।

प्रतिकृया दिनुहोस्