Motivate News

साहरुखका छोरा आर्यन पनि अब बलिउडमा ईन्ट्रि मार्दै

काठमाडौँ । बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान पनि अब फिल्म निर्देशनको तयारी गरिरहेका भारतीय मिडियाले जनाएको छ । पछिल्लो समय बलिउडमा स्टारकिडको प्रवेश बढिरहेको बेला आर्यनले पनि बलिउडमा प्रवेश गर्ने खबर आएको हो ।

जान्वी कपुर, साराअली खान जस्तै आर्यन पनि बलिउड प्रवेशको तयारी गरिरहेका हुन् तर आर्यन चलचित्रमा कलाकार नभएर सहायक निर्देशक भएर काम गर्नेछन् । करण जोहरको नयाँ चलचित्र ‘तख्त’ मा उनी सहायक निर्देशक बन्ने लगभग पक्का भएको छ ।

उनले मल्टिस्टारर यो चलचित्रमा सहायक निर्देशको भूमिका निभाउनेछन् ।

प्रतिकृया दिनुहोस्