Motivate News

मुर्खसँग मित्रता गर्नुभन्दा विद्धानसंग शत्रुता वेश

काठमाडौँ – खोला भनेको देखाउने प्रवृति हो । अलिकति पानीको संगत पायो भने यसले आफ्नो मर्यादालाई नाघ्दछ । घर, खेत नै बगाउन शुरु गर्दछ त्यस्तै जब काम इज्जतका तल्ला स्तरका व्याक्तिहरुले अचानक पैसा कमाए भने उनीहरुले पनि नदि तथा खोलाले आफ्नो मर्यादालाई नाघे जस्तै तिनीहरुले पनि अरुलाई गन्न छोड्रछन् । उनीहरुको लगाइ खुवाइ नै परिवर्तन हुन्छ । अरुले भन्दा महँगा जुत्ता उसैले लगाउँछ । शरिरमा सेन्ट छर्केर हिड्छ । आफ्नो रमझम तुरुन्त अरुलाई देखाउँछ । यस्ता व्याक्तिले पैसा कमाए पनि दिर्घकालिन जीवन सुत्र ठम्याउन सक्दैनन् ।

उनीहरु सानो दुःखमा पनि बिचलीत हुन्छन् । दुःख देखि बिचलीत हुनेहरु, आत्तिनेहरु लामो समयसम्म टिक्न सक्ने कुरै हुदैन । के एउटा उर्लीएको खोलाको पानी लामो समयसम्म रही रहन्छ र ? त्यसैले मान्छे सागर जस्तै हुनुपर्दछ । तपाइले सागर देख्नुभएको होला, सागरको प्रवृत्ति के हुन्छ ? सागर न पानी थपिदा मात्तिन्छ, न त पानीको अभावमा आत्तिन्छ सागर नित्य सन्तुष्ट छ । उसलाई कसैसंग भर पर्नु आवाश्यक छैन । अत्याधिक मात्रामा पानीको स्रोत आफैसँग छ । ठिक त्यस्तै जीवनको सुत्र बुझेकाहरु, दिर्घकालीन मान्यता र रस बुझेकाहरु सागर जस्ता हुन्छन् । उनीहरुले अचानक बढि पैसा कमाए भने तुरुन्तै नयाँ जुत्ता किन्ने, सेन्ट छर्केर हिड्ने गर्दैैनन् । फेरि संकटै आएमा पनी उनीहरु जीवनको मुल्य बुझेका हुन्छन् ।

मुल्य बुझेका व्याक्तिहरुको छाँट सरल हुन्छ । एकोहोरे तथा जीद्धिवाल हुदैन । जीद्धिवाला र एकोहोरे त त्यहि हुन्छ जुन व्याक्तिलाई त्यो कुरा भन्दा अर्को थाहै हुदैन । वास्तवमा त्यो कुरा उस्को सोचमा धेरै फरक पर्छ तर त्यो उसलाई थाहा हुदैन ।

एक पटक ३ जना दृष्टिविहिन व्याक्तिहरु हात्ति हेर्न गए । दृष्टिविहिन व्याक्तिले हात्ति कसरि हेर्न सक्छ ? तर पनि हेर्न भनि गए । तिनै जना दृष्टिविहिन एउटा विशाल हात्ति नजिकै सोध्धै गए । माउतेले हात्ति यहि हो भनेर बोली सुनायो । दृष्टिविहिनलाई सुनाउने हो देखाउने त कुरै भएन । त्यसपछि तिनै जना हात्तिको नजिकै गएर छाम्न सुरु गरे । एउटाले खुट्टा समायो र भन्यो – खम्बा जस्तै हुदोरहेछ । अर्कोले हात्तिको पेट छाम्दै भन्यो – हात्ति त हाम्रै घरको भित्तो जस्तो हुदोरहेछ । फेरि तेस्रोले पुच्छर समाउँदै भन्यो – हात्ति त डोरि जस्तै हुदोरहेछ ।

उताबाट अर्को दृष्टिविहिनले कान समाएर बसीरहेको थियो । उसलाई तिनीहरु कसैको कुरा विश्वास लागेन र गाली गर्दै भन्यो – मुर्खहरु तिमीहरुले हात्ति कस्तो छ भन्ने कुरा बुझ्न सक्दैनौ । पाखेहरु कहिल्यै हात्ति देखेका छैनौ ? पाखेहरु भनेर गाली गरीरहेको छ । त्यसपछि उस्ले भन्यो – सुन ! पाखेहरु हात्ति खम्बा जस्तो हुदैन, भित्तो जस्ता पनि हुदैन, हात्ति डोरी जस्तो पनि हुदैन । हात्ति त थाल जस्तै हुन्छ । किनभने त्यो पनि दृष्टिविहिन थियो र कान समाती रहेको थियो ।

अःत यि तल्ला प्रवृतिका मान्छेहरुमा ठिक त्यही दृष्टिविहिनको जस्तै घमण्ड हुन्छ । आफु स्वयं दृष्टिविहिन छ तर अरुलाई नेतृत्व गर्न चाहान्छ । जबसम्म मान्छेले आफ्नो पन र प्रवृतिलाई बुझेर सुधार हुन सक्दैन उ कहिल्यै पनि सफल र शान्त हुन सक्दैन । उर्लेको खोलाले जसरी वातावरणलाई खैलाबैला अर्थात हल्लै हल्लाले भरीदिन्छ त्यसको स्थीति पनि समाजमा ठिक त्यस्तै हुन पुग्दछ । तसर्थ, मुर्खसँग मित्रताले भन्दा बुद्धिमानी सँगको शत्रुताले नै जीवनलाई सफल बनाउँछ ।

विवेकानन्द अलजिजको पुस्तक बुद्धिले गर्नुहोसबाट साभार ।

प्रतिकृया दिनुहोस्