Motivate News

चिनिराख्नुहोस् को हुन नेपालमा लोडसेडिङ फर्काउन खोज्नेहरु ?

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार पत्रकार सम्मेलन गरेर देशमा फेरी लोडसेडिङ ब्युँताउने खेल सुरु भएको खुलासा गरे । प्राधिकरण कार्यालयमा आयोजीत पत्रकार सम्मेलनमा घिसिङले आफूहरुको उज्यालो नेपाल अभियानमा केही मान्छेले डिस्टर्ब गरेको बताएका थिए ।

ति को हुन त उनलाई उज्यालो नेपाल अभियानमा डिस्टर्व गर्ने ? यो प्रश्न सर्वत्र उठिरहेको छ । त्यस विषयमा हामीले प्राधिकरणकै उच्चतहका ब्यक्तिसंग सोधिखोजी गर्यौ। उहाँहरुको भनाई थियो, ‘कुलमानको आक्रोश प्राधिकरणको आधिकारिक ट्रेड युनियन अध्यक्ष जनार्दन भट्टराईविरुद्ध हो ।’

भट्टराईले पछिल्लो समयमा विद्युत प्राधिरकणलाई घाटामा लैजाने खेल भएको भन्दै वक्तव्यबाजी गरेका थिए । कांग्रेसम्वद्ध भट्टराई आधिकारिक ट्रेड युनियनका अध्यक्ष भएपछि प्राधिकरणभित्र उनले खास जिम्मेवारी लिएका छैनन् । पाँचौं तहका कर्मचारी भट्टराई दुईपटक कांग्रसे निकट नेपाल विद्युत प्रधिकरकण कर्मचारी संघको अध्यक्षमा निर्वाचित भइसके ।

दुई वर्षअघि कर्मचारीमा सरुवा गर्दा उनकै नेतृत्वमा आन्दोलनका प्रयास भएको थियो । घिसिङ प्राधिकरणको नेतृत्वमा आउनसाथ एउटै कर्मचारी वर्षौंसम्म एउटै ठाउँमा बस्दा अनियमितता हुनसक्ने भन्दै २५ वर्षदेखि रोकिएको सरुवा गरिएको थियो । तर, भट्टराईको अगुवाईमा आन्दोलनको प्रयास भयो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले कसैको नाम त लिएनन् तर, विगतमा लाडसेडिङ गरेका पूर्वकार्यकारी निर्देशक (मुकेशकुमार काफ्ले) बाट परिचालित भएका प्राधिकरणका कर्मचारीबाट गलत ढंगबाट प्राधिकरणको नेतृत्वलाई बदनाम गराउने गरी अनर्गल प्रचार भइरहेको दाबी पेश गरे ।

भट्टराईले हालै मात्र एक टेलिभिजन अन्तरवार्तामा प्राधिकरण नेतृत्वको आलोचना गरेका थिए । सरकारबाट लिएका अनुदान र उठाउन बाँकी विजुली महशुल जोडेर नाफा देखाएको बताउने गरेका छन् । घिसिङले सोमबार लेखा परीक्षकले नदेखेको घाटा कर्मचारीले देखेको भन्दै जवाफ फर्काएका थिए ।

प्राधिकरणको सञ्चालक समितिमा घिसिङले डेडिकेटेड फिडरको महशुल नतिर्नुपर्ने गरी प्रस्ताव ल्याएको र आफूले त्यसको विरोध गरेको भट्टराईको दाबी छ । उनले डेडिकेटेड फिडरको सुविधा लिएका उद्योगीको महशुल मिनाह गर्ने प्रस्ताव आफूले रोकेको दावी गर्दै आएका छन् । जब की कलुमानको भनाइमा मिनाहबारे कुरा भएको नै छैन भने डेडिकेटेडको समस्याबारे कुरा हुँदा उनी बोर्ड बैठकमै थिएनन् ।

‘विगतमा पनि डेडिकेटेड फिडरको महशुल घटाउन प्रस्ताव आउँदा मैले विरोध गरेपछि ब्याक भएको थियो,’ भट्टराईले भनेका छन्, ‘कुनै व्यक्तिलाई फाइदा पुग्ने र देशलाई घाटा हुने गरी प्राधिकरणभित्र कुनै निर्णय हुन नदिन युनियन लागेको छ ।’

विद्यतु प्राधिकरणमा अहिले कानूनभन्दा व्यक्ति हावी भएको, हुकुमी शैलीमा चलेको, नाफामा नरहेको भन्दै प्राधिरकण ‘कोल्याप्स’ हुने भविश्यवाणी समेत गरेका छन् ।

प्राधिरकणले आफैंले आयोजना नबनाएर कम्पनी मोडमा लैजाँदै गर्दा कानून मिचिएको उनको आरोप छ ।

भट्टराईले कर्मचरी सरुवा नगरी आधिकारिक ट्रेड युनियनको चुनाव गर्न नहुने अडान पनि राखेका छन् । प्राधिरकणले यसअघि फागुन १८ गते चुनावको मिति घोषणा गरेको थियो तर, विभिन्न बाहनामा युनियनले चुनाव सारेको थियो ।

कार्यकारी निर्देशक घिसिङ भने तोकिएको मितिमा चुनाव नगरेकाले हाल विद्युत प्राधिरकणभित्र आधिकारिक ट्रेड युनियन नै नभएको दाबी गर्छन् ।

प्रतिकृया दिनुहोस्