Motivate News

हाँसो धेरै रोगको औषधि हो, हेर्नुहोस् हाँसोका फाइदाहरु

काठमाडौँ – स्वादिष्ट व्याञ्जनको कल्पना मात्रले पनि मुखमा पानी भरिएर आउँछ । शोक समाचार पाएर उदासी छाउँछ, अनुहार निनाउरो हुन्छ । प्रफुल्ल मुखाकृतिबाट आन्तरिक प्रसन्नताको बारेमा थाहा पाइन्छ । एस प्रकार अदृश्य भएर पनि मनको हलचलको राम्रो र नराम्रो प्रभाव जीवनमा पाइला पाइलामा अनुभव हुन्छ ।

मानिस आफ्नो मानसको प्रतिबिम्ब हो । मानसिक स्थितिको स्वास्थ्यसँग घनिष्ठ सम्बन्ध छ । नवीनतम् शोधको आधारमा त यो पनि भन्न थालिएको छ कि रोग शरीरमा हैन, बरु मस्तिष्कमा उत्पन्न हुन्छ । यहि कारण हो कि उत्तम र समग्र स्वास्थ्यका लागि मन स्वस्थ हुन धेरै जरुरी छ ।

रोबर्ड लुई स्टीभेन्सनले अंग्रेजीमा कैयौं साहासिक उपन्यास लेखेका छन्, ती उपन्यास पढ्नेहरु सोच्थे कि लेखक पनि योद्धा जस्तो देखिने ठुलो ज्यान भएका होलान्, जबकि वास्तविकता यो थियो कि उनले आफ्ना अधिकांश प्रसिद्ध कृतिहरु रुग्णवस्थामा ओछ्यानमा सुतेर लेखेका थिए । शङ्ककराचार्य आफ्नो जीवनको उत्तरार्धमा पायल्सको रोगी थिए । वैधले उनको स्थिति देखेर शारीरिक ? श्रम नगर्न र हिड्डुल नगर्न भनेका थिए, तर यो जर्जर कायालाई लिएर नै उनले चारधामको स्थापना, शास्त्रार्थद्वारा दिग्विजय तथा पतन्जलिको भाष्य आदिको गुरुत्तर कार्य पनि सम्पन्न गरे ।

यहाँ शारीरिक स्वास्थ्यको अपहेलना गर्र्ने या त्यसलाई नगण्य बताउने प्रयास गरिएको हैन । भन्नुको आशय केवल यति नै हो कि स्वस्थ शरीरको सदुपयोग जुन मन–स्थितिको आधारमा सम्भव हुन्छ । त्यसको विकासमा पनि पर्याप्त ध्यान दिनु पर्छ, मन–स्थिति हल्काफुल्का रहनुपर्छ ।

प्रसन्नचित रहनु मानसिक स्वास्थ्यको लागि सबैभन्दा धेरै आवाश्यक छ । उदासीन भएर बस्ने मानिसभन्दा हसिला मानिस धेरैजसो स्वस्थ, उत्साही र स्फुर्तिवान पाइन्छन् । गीतकारले प्रसन्नतालाई महत्पुण अध्यात्मीक सद्गुण मानेका छन् र भनेका छन् कि प्रसन्न चित्त मानिसलाई उद्विग्नताले सताउँदैन एवम् उनीहरुलाई जीवनमा दुःखले पनि कहिल्यै सताउँदैन ।

अकारण भय, आशंका, क्रोध, दुश्चिन्ता आदिको गणना मानसिक रोगमा गरिन्छ । जुन प्रकार शारीरिक रुग्णताको दक्ष्यण मुख मन्डलमा दृष्टिगोचर हुन्छ, त्यसै प्रकार मनको रुग्ण्ता पनि अनुहारमा झल्कन्छ । मनोविज्ञानी डा. लिली एलनका अनुसार मुस्कान त्यो औषधी हो जस्ले यी रोगको चिन्तालाई तपाईको अनुहारबाट उडाइदिने मात्र हैन बरु यी रोगको जड पनि तपाईको अन्तःबाट निकालिदिनेछ ।

केहि मानिस बोझिल मनले चिन्तित रहन्छन्, यस्ता मानिसले प्रसन्न रहने कला सिक्नुपर्छ । यो अभ्यास गर्नका लागि आज र अहिल्यैदेखि तयार हुन सकिन्छ । दैनिक जीवनमा जेसँग भेद छ त्योे यदि मुस्कुराइरहेको भेटियो भने बदलामा अगाडिको मानिसले पनि मुस्कुराहट भेट गर्नेछ । उसलाई हल्काफुल्का कुरा गर्नमा अफ्ठ्यारो महसुस हुदैन र यसरी आफ्नो मनको भारीपन हटेर जानेछ ।

यदि कोहि अनुहारमा चौबीसै घन्टा दुःख लिएर बसिरहन्छ भने विस्तारै उस्का सहयोगीहरुको सङ्ख्या घट्दै जान्छ । यदि प्रतिक्षण प्रसन्नता बाँडिरहने न्युनतम सङ्कल्प सुरु गरियो भने केहि दिनको प्रयासबाटै आशातीत परिणम मिल्न थाल्ने छ ।

डेल कारनेगी भन्छन् कि भुतकालमा विचार नगर किनकि अब त्यो कहिल्यै फर्केर आउनेवाला छैन । यसै प्रकार भविष्यको बारेमा साधारण अनुमान लगाउनु बाहेक धेरै चिन्तित एवम् आवेशग्रस्त हुन व्यार्थ छ किनकि कसैलाई थाहा छैन कतातिर मोडिने हो । हामीले सर्पm वर्तमानको बारेमा सोच्नु पर्छ र त्यहि गर्नुपर्छ जे आजको परिस्थितिमा सर्वाेत्तम ढङ्गले गर्न सकिन्छ । हाम्रो आशा जे सुकै किन नहोुस् प्रसन्नताको केन्द्र वर्तमान प्रति जागरुकता अपनाउनु र सर्वाेत्तम ढङ्गले निर्वाह गर्नु नै हुनुपर्छ ।

रोडेल विलियम्स बहुमुखि प्रतिभाका धनी थिए, उनको जिम्मेदारीहरु र गतिविधिहरु पनि सुविस्तृत थियो, तर उनी आफ्नो टेवलमा तिनै फाइल आउन दिन्थे, जुन आज सकाउन सकिन्छ । यहि सिद्धान्त अपनाएर उनी अत्यन्त सफल व्यवस्थापक बन्न पुगे ।\

प्रकृति परिवर्तनशील छ, उस्को दौड यति तेज छ कि त्यसको चाल नाप्न पनि सम्भव छैन । नदिमा खुट्टा हालेर केहि क्षणमै बहिर निकालियो भने मात्र पनि यति क्षणमा असंख्या टन पानी अगाडि बढेर गयो होला र पछाडिबाट आउनेले त्यसको स्थान लियो होला । यो चालसंगै कोहि दौडन सक्ने सम्भब छैन । यसै प्रकार भुतकालको घटनाको आकलन गर्दै आजको निर्माण व्यार्थ छ । यसै प्रकार भविष्यको ती कल्पनामा उडीरहनुको केहि लाभ छैन, जुन कहिलेकाहि आशा विपरीत त्यस्को अनौठो ढङ्गमा बदलिन्छ ।

प्रतिकृया दिनुहोस्