Motivate News

पायक पर्ने ठाउँमा राजधानी नभए प्रदेश ५ को विकल्प खोज्छौँ : नेता अथक

काठमाडौँ – सत्तारुढ नेकपाका नेता महेश्वर जंग गहतराज (अथक)ले प्रदेश पाँचको राजधानी पायक पर्ने ठाउँमा नभए प्रदेशको विकल्प खोजीने बताएका छन । प्रदेश नम्बर ५ मा पर्ने बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका अथकले पहुंचका आधारमा संघिय सरकारले बुटवललाई प्रदेश ५ को अस्थायी राजधानी तोकेर गल्ती गरेको दावि गरे ।

पत्रकार शोभराज बरालको रेडियो कार्यक्रम संबाद चौतारीमा बोल्दै नेता अथकले राजधानी पाएक पर्ने ठाउँमा सार्नका लागि हदैसक्मको पहल गर्ने तर त्यो पहलले सम्भव नभए प्रदेश ५ कै विकल्प खोजिने बताए । नेपालगंजबाट बुटवल धेरैनै अपायक पर्ने भएकाले त्यो भन्दा कर्णाली प्रदेशमा गाभिदा यहाँका जनाताले राहातको अनुभुति गर्ने उनको भनाई छ ।

गोर्खा एफ एमबाट प्रसारित कार्यक्रममा बोल्दै उनले बाँके र बर्दियालाई प्रदेश पाँचमा राख्नुनै गल्ती भएको दावि गरे । पहिला देखिनै राप्ति, भेरी र कर्णालीको एउटै रहन, सहन, रितिरिवाज, चाल चलन र भौगोलीक बनावट पनि मिल्ने क्षेत्रलाई अलग्याएर कहाँको लुम्बिनीमा जोडेकोमा आपत्ती जनाए । अहिले पनि दाँङ, अर्घाखाँची, कविलवस्तु जहाँ भएपनि पायक पर्ने ठाउँमा राजधानी हुँनुपर्ने उनको भनाई छ । कसैको पनि दुईतिहाई नरहेको प्रदेश सभामा सहमति बाहेक प्रदेशको राजधानी पायक पर्ने ठाउँमा तोक्नुको विकल्प नरहेको उनको भनाइ छ ।

तत्कालीन नेकपा एमालेका नेता विष्णु पौडेलको हस्तक्षेपमा बुटवल अस्थायी राजधानी बनेको र अहिले झन नेकपाका महासचिव भएका उनले त्यहाँबाट सार्न देलान भन्ने प्रश्नमा नेता अथकले प्रदेशले आफू अनुकुल निर्णय गर्न सक्षम रहेको र उहाँको दवाव आवश्यक नरहेको बताए ।

प्रतिकृया दिनुहोस्