Motivate News

तनावबाट कसरी मुक्त हुने ? उपाए सहित

काठमाडौँ –  सबैभन्दा पहिले तनावबाट मुक्त हुनुछ भने गोपनियता भङ्ग नगर्नुहोस । गोपनियता आफ्नो होस् वा अरुको, सकेसम्म आफ्नो गोप्य योजना, घटित घटना अरुको हासो वा प्रतिशोधको भाग हुन सक्दछ । तसर्थ जीवनमा तनाव मुक्त हुनुछ भने आफ्नो गोपनियता अरुलाई कहिल्यै नखोल्नहोसु । चाहे आफन्त होस् मित्र होस् वा घनिष्ठ मित्र नै किन नहोस तपाईको सम्भावीत प्रतिद्वन्दी नै तपाईको घनिष्ट मित्र वा नजीकको मानिएकोे मानिस वा नातेदार हुन सक्छ ।

आज खोलिएको गोपनियता कालान्तरमा तपाईको कमजोरि बन्न सक्छ । र त्यहि कमजोरिको आडमा तपाई नजीक रहेको मानिसले तपाईलाई दुःख दिने, गिराउने वा तपाईबाट अनावश्यक फाईदा उठाउने सम्भावना प्रबल हुन्छ । टाडा वा बाहिरीया मानिसलाई तपाईको गोप्य कुरा कुनै थाहा हुदैन तसर्थ उसले तपाईलाई धेरै हानि नोक्सनी पु¥याउन सक्दैन जति तपाईको नजीक रहेर तपाई गोपनियता थाहा पाए पछि शत्रुवत् व्यवहार गर्दछ ।

तपाईले आफ्नो गोसिनयता मात्र हैन अरुको गोपनियता पनि पूर्ण रुपमा सम्मान गर्ने बानी बसाल्नु पर्छ । अरुको गोपनियता तपाईद्वारा भङ्ग भएमा तपाईका शत्रुको सङ्ख्या बृद्धी हुन सक्छ र त्यस गोपनियता भङ्ग गरिदिएकोमा तपाईलाई प्रतिशोध लिने बिचारले जीवन नै जोखिममा पर्दछ र पूर्ण तनाव सृजना हुन्छ । त्यसको परिणाम तपाई आफ्नो वा अरुको गोपनियता भङ्ग पक्का छ । तसर्थ जीवनमा सफल हुनु छ भने गोपनियता भन्ने शब्दलाई प्रयोगात्मक रुपमा सम्मानजनक रुपमा लागु गरौं ।

तनाव ब्यबस्थापनका लागि अर्को उपाए हो आस्थावनान बन्ने । संसारनै आस्थामा अडिएको छ । यदि आस्था नहुदो हो त न नाता गोता हुन्थ्यो, न परिवार सदस्य हुन्थ्यो, न समाज, न समुदाय, न राष्द्र, न त धर्म सास्कृती । तसर्थ मानिस जतिसुकै नास्तिक होस् जतिसुकै आस्तिक होस् क्रुर होस् वा दयावान होस्, कुनै न कुनै हदसम्म आस्थावान नै हुन्छ र नभई चल्दैन । तर सकरात्मक कृयाकलापमा सकरात्मक आस्थावान जरुरी छ तनावबाट मुत्तिका लागि ।

इश्वर प्रतिको आस्थाले अनुसासन सिकाउँदछ । आमा–वुबा प्रतिको आस्थाले अनुसासन सिकाउँछ । आन्तरिक मर्यादा सिकाउँछ । सत्कार र संस्कार सिकाउँछ । नातेदार प्रतिको आस्थाले सहयोग सम्मान, सामाजिक सुरक्षा, सकरात्मक सोच, सहयाृेग आदनप्रदान सिकाउँछ, योगदान सिकाउँदछ । राष्द्रप्रतिको आस्थाले संस्कृती, पहिचान, र गौरव सिकाउँदछ । त्यस्तै जीवन शैलीले सामाजिक सुरक्षा प्रत्याभुति पनि राष्द्र प्रतिको आस्थाले दिने गर्दछ । संसारमा जतीपनि व्याक्तिहरु सफल भएका छन् ती सबै आस्थावान छन् । आफ्ना प्रतिको आस्थावान, आफ्नो कर्म प्रति आस्थावान, आफ्नो दैनिकी र व्यावसाय प्र्रति आस्थावान, सन्तान प्रति आस्थावान यी सबै जीवन जिउने एक कला हो, र यहि कलालाई कलात्मक शैलिमा जीउने कला मध्ये एक हो आस्थावान हुनु ।

आस्थावान हुनु भनेको लोभ लालच र स्वार्थले भरिपुर्ण भएर लोभी हुनु हैन, स्वार्थ बन्नु होइन सकरात्मक सोचले आफ्ना कर्महरुलाई निरन्तरता दिदै उज्ज्वल भविष्यको कामनामा निरन्तर उन्मुख हुनु हो ।

प्रतिकृया दिनुहोस्