Motivate News

सरकारी डाक्टरहरूको आन्दोलन फिर्ता, आजबाटै काममा फर्कने

काठमाडौं

 कर्मचारी समायोजनको विषयप्रति असन्तुष्ट आन्दोलनरत सरकारी चिकित्सकहरु काममा फर्कने भएका छन् ।

 शनिबार अबेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्ता निष्कर्षमा पुगेको छ । सरकारले सरकारी चिकित्सकलाई १५ दिनसम्म समस्या समाधान गरिदिने प्रतिबद्धता जनाएपछि सरकारी डाक्टरहरुले आन्दोलनको कार्यक्रम स्थगित गरेका हुन् ।

 सरकारले समस्या समाधानका लागि १६ दिनको समय मागेकाले १५ दिनसम्म सरकारी अस्पताल बन्दको कार्यक्रम स्थगन गरिएको सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेले बताएका छन् । यससँगै आजदेखि देशभरका सरकारी अस्पतालका सबै सेवा खुल्ने भएको छ ।

 कर्मचारी समायोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै सरकारी चिकित्सकले गत शुक्रबारदेखि देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेक सेवा ठप्प पारेका थिए ।

नागरिकबाट

प्रतिकृया दिनुहोस्