Motivate News

लुक्लामा समीट एअरको जहाज दुर्घटना

बैशाख १, सोलुखुम्बु – लुक्लामा समीट एअरको जहाज दुर्घटना भएको छ । समीट एयरको नाइन एन ए एम एच विमान दुर्घटनामा परेको हो । समिट एयरकाे जहाज मनाङ एयरकाे हेलिकप्टरसग ठाेकिएको हो ।

लुक्ला बिमानस्थलबाट रामेछापको लागि उडान भर्न लागेको जहाज मैदानमा चिप्लिएर दुर्घटना हुँदा ४ जनाकाे घटनास्थलमा नै मृत्यु ३ जना गम्भीर घाइते भएका छन्।  मृत्यु हुनेमा  मनाङ एयर हेलिकप्टरका पाइलट १ जना, समिट एयरका को-पाइलट १ जना र १ जना सुरक्षामा खटिएका प्रहरी रामबहादुर खड्का रहेको जनाइएको छ।   दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्