Motivate News

काठमाडौंमा भेटियो अनौठो बलात्कारी !

काठमाडौँ – काठमाडौंको ठमेलबाट प्रहरीले एक जना हनौठो बलात्कारीलाई पक्राउ गरेको । काठमाडौंको ठमेलस्थित भगवति स्थानको एक होटेलबाट बाल यौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गर्ने बाल यौन दुराचारीलाई पक्राउ गरेको हो ।

६९ वर्षीय अनौठा बालात्कारी फ्रान्सेली नागरिक रहेको प्रहरीले जनाएको छ । विदेशी नागरिक Georges, Igor Simansky ले नेपाली बालकहरुलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरी नेपाली बालकहरूलाई पीडित बनाउने गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजबाट खटिएको प्रहरी टोलीले उक्त होटलमा छापा हानी आपत्तीजनक अवस्थामा नेपाली बालकसँग सुतिरहेको अवस्थामा फेला पारेको थियो ।

बालकलाई प्रहरीले उद्दार गरि आफन्तको जिम्मा लगाएको छ भने पक्राउ परेका फ्रान्सेली नागरिकलाई बाल यौन दुरूपयोग तथा अप्राकृतिक मैथुन अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्