Motivate News

दिलिप र प्रियंकाको पहिलो म्यूजिक भिडियो बजारमा (भिडियो सहित)

काठमाडौं – नेपाली चलचित्रमा अभिनय गर्दै आएका चर्चित नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीले अभिनय गरेको म्यूजिक भिडियो बजारमा आएको छ । पशुपतिमा सुनैको गजुर बोलको गीतलाई चलचित्र क्षेत्रका सफल द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेका छन ।

यो संसार नै माया प्रेममा अडेको छ, र त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन हुने बेलामा कान्छा कान्छीको माया कति मिठो हुन्छ, अनि कर्के नजरले कसरी लठ्ठ बनाउछ भन्ने कुरा थाहा हुने र अनुभव दिलाउने यस भिडियो २०७६सालको नयाँ बर्षकै दिन बजारमा आएको हो ।

यो भन्दा अघि दिलिप रायमाझी र प्रियकां कार्किका छुटाछुटै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयां म्युजिक भिडियोमा पहिलो पटकसंगै देख्न सकिन्छ ।

यस गीतलाई पहिलो नेपाल आईडलमा लोकप्रिय प्रताप दास र नेपाली गीत संगितमा आफुलाई चम्काईरहेकी गायिका मेलिना राईले स्वर दिएका छन् र दुर्गा खनाल घिमिरेको शब्दलाई बसन्त सापकोटाले मिठो संगित दिएको छन।

नेपाली तथा भोजपूरी चलचित्रमा एक्सन डिरेक्सन गरेर आफ्नो नाम चम्काउन सफल चन्द्र पन्तले पहिलो पटक म्युजिक भिडियोमा डिरेक्सन गरेर सबैको मन जित्ने प्रयास गरेका छन। भिडियोलाई अहिले का व्यस्त र सफल गंभिर बिष्ट ले कोरियोग्राफी गरेका छन् भने ले यस म्युजिक भिडियो लाई युटुव च्यानल मार्फत नयां बर्ष २०७६ को कोसेलीको रूपमा दर्शक श्रोता को बिचमा ल्याएका छन् ।

प्रतिकृया दिनुहोस्