Motivate News

प्रचण्डका ‘घरभेटी’ को करतुतः २ बर्षमा सक्नुपर्ने सडक ७ बर्षसम्म पनि बनेन !

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरभेटी शारदा अधिकारीले दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपाटी–नगरकोट सडक अलपत्र पारेका छन् । सात वर्षमा पनि उक्त सडक नबनेपछि स्थानीयबासीले आन्दोलनको आधेबेहरी ल्याउने घोषणा गरेका हुन् । २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेर स्थानीयबासीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक दुई वर्षभित्रै सम्पन्न गर्ने जिम्मा शैलुङ्ग कन्सट्रक्सनले पाएको छ । तर, सात वर्ष पुगिसक्दा पनि काम सकिएको छैन । शैलुङ्ग कन्सट्रक्सनका प्रोपाइटर अधिकारी प्रचण्डका घरभेटीसमेत हुन् ।

निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र छाडिएको सडकमा खाल्डैखाल्डा छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने हुँदा स्थानीयबासीले निकै सास्ती भोग्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्