Motivate News

आगामी तीन दिनसम्मको मौसमबारे यस्तो भन्छन मौसमविद्

बैशाख ३, काठमाडौँ – सोमबार अपरान्हको समयमा देशका विभिन्न ठाउँमा असिनासहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको मौसमविद्हरुले बताएका छन् । उनीहरुका अनुसार अब लगातार तीन दिनसम्म मौसममा कुनै सुधार आउने छैन ।

आगामी तीन दिनसम्म कुनै–कुनै ठाउँमा हल्का घाम लागेपनि कतिपय स्थानमा बादलसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

यस वर्ष अधिकांश समय मौसममा उतार चढाव आइरहेको छ । नियमित वर्षा भइरहेकाले कृषकहरुलाई राहत पुगेपनि मौसममा आएको गढवढीले वर्षायाममा भने खडेरी पो पर्ने हो कि भन्ने चिन्ता पनि थपिएको मौसमविद्हरुले बताए ।

प्रतिकृया दिनुहोस्