Motivate News

विद्यार्थी नेता भुलको चेतावनी : बढेको शुल्क तत्काल फिर्ता होस, नत्र ?

कठमाडौँ – अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव मदन भुलले विद्यालयहरुले बढाएर लिएको शुल्क तत्काल फिर्ता गर्न निजी विद्यालयहरुलाई आग्रह गरेका छन । शिक्षा विभागले तयार पारेको शुल्क निर्धारण निर्देशिका विपरित विद्यालयहरुले विद्यार्थी तथा अभिभावको ढाड सेक्ने गरि गरिएको शुल्क बृद्धि फिर्ता गर्न आग्रह गरेका हुन ।

पत्रकार शोभराज बरालको रेडियो कार्यक्रम संबाद चौतारीमा बोल्दै विद्यार्थी नेता भुलले शुलक बृद्धिको नाममा उठाइएको पैसा अभिभाव तथा विद्यार्थीलाई फिर्ता गर्न र आइन्दा यस्ता खालका गतिविधि नगर्न विद्यालयहरुलाई चेतावनी समेत दिएका छन । सान्तिपूर्ण रुपमा आह्वान गर्दा पनि बृद्धि भएको शुल्क फिर्ता नभए कडा रुपमा आन्दोलन गर्न बाध्य हुने उनको भनाई छ ।

गोर्खा एफ एमबाट प्रशारित कार्यक्रममा उनले निजि विद्यालयका छाता संगठनहरुले मनलाग्दी गरेको भन्दै तत्काल निजि विद्यालयहरुलाई राष्ट्रिय करण गर्न सरकारलाई आग्रह समेत गरेका छन । चैत ३० गतेको शिक्षा मन्त्री गिरिराजमणी पोखरेलसंगको भेटमा पनि आफूहरुले त्यो माग गरेको बताए ।

शैक्षिक सत्र २०७५/७६ का लागि निजि विद्यालयहरुको पहलमा शिक्षा समितिले २७ प्रतिशतसम्म शुल्क बृद्धि गरेको थियो । बृद्धि भएको शुल्क कार्यन्वयनमा आइसकेको पाइएको छ ।

प्रतिकृया दिनुहोस्