Motivate News

आइपर्ने समस्याहरुको समाधान कसरी गर्ने ?

काठमाडौँ – जहाँ सफलता हुन्छ त्यहाँ समस्या पनि हुन्छ । किनभने चिनी भएको ठाउँमा कमिला जसरी पनि आउँछ । कमिला आउनु कमिलाको दोष होइन ,दोष त हामि आफैले त्यहाँ चिनी राख्नु हो । जीवनमा जे जति समस्याहरु आउँछन् ति सबैको कारण हामी आफै नै हो ।

समस्या पनि त्यहि चोर विरालो जस्तै हो । चोर विरालोले के गर्छ भने तपाईले जति पिटेपनि, भगाए पनि फेरि आएर तपाईको समस्या बनिदिन्छ । चोर विरालो, वेश्या श्रीमति, उडुस र डुलुवा कुकुरलाई हाम्रो अधिनमा ल्याउन सकिदैन । तिनीहरु जति सजाए दिए पनि सधै हाम्रो समस्या बनिरहन्छन् । समस्या दिनु तिनीहरुको गल्ती होइन, किनभने तिनीहरुको विवेक नै छैन ।

अन्तः समस्या त हामी आफै तिनीहरुबाट फुत्कीन नजानेर बनेको हो । डुलुवा कुकुर डुल्दै डुल्दै आउँछ र तपाईले सफा गरेको ठाउँमा वा तुलसिको मठमा पिसाव गरेर जान्छ । त्यसलाई के गर्ने ? ठोक्ने ? अह ठोक्न मिल्दैन, त्यसलाई पनि दुख्छ नी, कतिपय मन्छेको बानी पनि त्यहि हून्छ डुलुवा कुकुर र विरालाको जस्तै हुन्छ । ठिकै छ ती त जनावर भए बुद्धी हुदैन तर सोच विचार गर्न सक्ने विवेक भएको मान्छेले पनि बुद्धीले काम गर्न जानेन भने जीन्दगीमा सा¥है दुःख पाउँछ उसले । हामिले बुझ्नै पर्ने कुरा के हो भने समस्या जीवनमा आउँछ आयो भनेर समस्यासँग पिडित हुने होइन त्यो सँग बुद्धीले जुध्न सक्नु पर्दछ ।

हामीले एउटा समस्यालाई समाधान गर्नासाथ त्यो भन्दा ठुलो अर्काे समस्या हाम्रो अगाडि खडा हुन्छ । तर बुद्धी र विवेकको प्रयोग गर्न सकेमा समस्या आफै डराएर भाग्दछ अर्थात प्रत्येक समस्यामा समाधान देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्