Motivate News

अब नेपाल पनि अन्तरिक्षमा, नेपाली भू–उपग्रहको प्रक्षेपण नासाले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नेपालको पहिलो भू उपग्रह ‘नेपाली स्याट १’को प्रक्षेपण अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नासाले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

बर्ड्स प्रोजेक्टमार्फत् प्रक्षेपण हुन लागेको ‘नेपाली स्याट १’ नामक भू(उपग्रह प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गर्न लागेको बर्ड्स परियोजनाले जनाएको हो ।

अमेरिकाको भर्जिनिया राज्यको वालोप्स फ्लाइट फेसिलिटीबाट हुने भू–उपग्रह प्रक्षेपणको नासाले आफ्नो वेबसाइटमार्फत् प्रत्यक्ष प्रसारण गर्नेछ ।

नेपालीसहित जापानी र श्रीलंकाली भूउपग्रह आगामी बिहीबार सबेरै २ बजेर ३१ मिनेटमा अन्तरिक्षतर्फ प्रक्षेपण हुने जनाइएको छ । नेपाली भू–उपग्रह नर्थट्रोप ग्रुमान सिग्नस नामक अन्तरिक्ष यानमार्फत् प्रक्षेपण हुन लागेको हो । उक्त मालवाहक यानमा नेपाली भू–उपग्रह राखेर प्रक्षेपण गरिनेछ ।

प्रतिकृया दिनुहोस्