Motivate News

उज्बेकिस्थानको तासकन्दमा ज्योतिष सम्मेलन सम्पन्न

बैशाख ३, काठमाडौं । उज्बेकिस्थानको तासकन्द सहरमा सम्पन्न भएकोे सम्मेलनमा नेपालबाट सहभागी हुन जाने प्रतिनिधि मण्डल विश्व ज्योतिष महासंघको सम्मेलन समन्वय समितिबाट चयन हुनु भएका २९ सदस्यीय नेपाली प्रतिनिधि मण्डल हालै स्वदेश फर्किएको छ ।
सो सम्मेलनमा भाग लिन नेपाल ज्योतिष परिषद्, दक्षिण एशियाली महासंघ, विश्व ज्योतिष महासंघ, आचार्यकूलम, तन्त्र विज्ञान नेपाल, सनातन धर्म संस्कार, चाडपर्व संरक्षण समिति, किरात ज्योतिष उत्थान संघ,राट्रिय महिला ज्योतिष संघ लगायतका संघ संस्थाका प्रतिनिधिहरु रहेको २९ सदस्यीय प्रतिनिधि मण्डलले भाग लिएको थियो ।

सो सम्मेलनमा पूर्वीय दर्शन र ज्योतिषका विविध पक्षमा चर्चा हुनुका साथै ज्योतिष तथा वास्तु र तन्त्रका क्षेत्रमा विज्ञहरुले गरेका अनुभवहरु प्रस्तुत गरी जानकारी आदान–प्रदान गरिएको थियो । यस बैठकमा मुख्य रुपमा निम्न कुराहरुमा छलफल भएको थियो ।
१. सो सम्मेलनले आयोजक तीनै संस्थाको संगठन विस्तार साथै तीनै संस्था मध्ये कुनै एकमा आवद्ध भएकाहरुलाई तीनै संस्थाको सदस्यता लिन आग्रह गर्ने निर्णय गरिएको थियो ।
२.ज्योतिष तथा पूर्वीय दर्शनको विकास र विस्तारमा सक्रिय रहने ।
३. ज्योषित पेसालाई मर्यादित बनाउँदै ज्योषित पेसालाई मान्यता दिलाउन पहल गर्ने ।
४. आयोजक तीनै संस्थाको सहकार्यलाई निरन्तरता दिने ।
लगायतको निर्णय गर्दै सम्मेलन सम्पन्न भएको थियो ।
वयिन्टल हेरिटेज सम्मेलनमा विषेश सम्म्मानले सम्मानित हुन् नेपालीेहरुमा पञ्चाङ्गकार डा. लोकराज पौडेल, नरेश सिंह्,डा. मिलन कुमार थापा,डा.चन्द्र कुमार सेर्मा, अम्बिका शर्मा लामिछाने,आचार्य लक्ष्मण पन्थी यसैसमारोहमा सम्मानित नेपालीहुनेहरुमा जनार्दन न्यौपान,कमला आङ्दम्वे,डा।सुवोध कुमार शुक्ला,मदन चौवे, खिलानाथ काफ्ले लोकनाथ अधिकारी (फलाहारी बाबां) ,सूरजमुनि बज्राचार्य र नितेश बज्राचार्य रहनु भएको थियो ।

सो सम्मेलन सम्पन्न गर्न आयोजक तीनै संस्थाको कार्यसमितिको २८मार्चमा बैठक समेत बसेको थियो । सोही सम्मेलनको अवसरमा विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय महासभाकोे ३०मार्चमा बैठक बसेको थियो । सम्मेलन सम्पन्न भएपछि ३१ मार्चका दिन विश्व ज्योषित महासंघको अन्तर्राष्ट्रिय महासभाको बैठक माइन्यूट गरिएको थियो ।
विश्व ज्योतिष महासंघको महासभाको वैठक डा.लोकराज पौडेलको अध्यक्षमा बसेको थियो । सो बैठकमा महासंघका सहअध्यक्ष डा. सत्यविश्वास (छत्तीसगढ), उपाध्यक्षहरुमा डा. मिलन कुमार थापा (नेपाल), डा.चन्द्र कुमार सेर्मा (नेपालं) डा. दिवाकर शर्मा (भारत) , टि सिल्वा (मलेसिया) उपस्थित रहनु भएको थियो । अन्य पदाधिकारीमा अशोककुमार मिश्र (विहार) संगठनसचिव, नरेश सिंह (नेपाल) सभापति दक्षिण एशिया समन्वय समिति,, डा. सुबोध कुमार शुक्ल (नेपाल) सहकोषाध्यक्ष, खिलनाथ काफ्ले (नेपाल) सभापति प्रदेश नं. ३ महासंघका अन्तर्राष्ट्रिय समितिका सदस्यहरुमा डा. देवी प्रसाद खनाल, नेपाल ,लक्ष्मण पन्थी ९नेपाल०, जयन्त चक्रवर्ती (कोलकत्ता) एच. चन्द्र शेखर (बेंगलोर), सोमनाथ चक्रवर्ती (कलकत्ता), के. दिवाकरण (केरला), जनार्दन न्यौपाने नेपाल, सुरजमुनी बज्राचार्य नेपाल, नितेश बज्राचार्य नेपाल लगायतका महानुभावका साथै महासंघको महासभाका सदस्य र पर्यवेक्षकहरु रहनुभएको महासभाले देहायका प्रस्तावहरु पारित गरेको थियो ।
१. विश्व ज्योतिष महासंघको संगठन विस्तारमा जोड दिने ।
२. विश्व ज्योतिष महासंघको व्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र काठमाडौँमा स्थापना गर्ने ।
३. विश्व ज्योतिष महासंघको केन्द्रिय निकायहरु यथाशीघ्र गठन गरी पूर्णता दिने ।
४. महासंघका सवैनिकायका निस्कृय पदाधिकारीहरुलाई सक्रिय पार्ने । महासंघलाई समय दिन नसक्ने वा निस्कृयलाई पुर्नगठन गरी सक्रियहरुलाई जिम्मेवारी तोक्ने ।
५. केन्द्रीय समिति तथा अन्तर्राष्ट्रिय समितिबाट पारित भई पेश गरिएका प्रतिवेदनहरु पारित गर्ने ।
६. अन्तर्राष्ट्रिय निकायको रुपमा पञ्चाङ निर्णय समिति, सिद्धान्त ज्योतिष समिति, फलित ज्योतिष समिति र संस्कृत भाषा संरक्षण समिति गठन गर्ने ।
७. सन् २०२० मा नेपालमा प्रतिनिधिमूलक अन्तर्राष्ट्रिय ज्योतिष तथा पूर्वीय दर्शन सम्मेलन सम्पन्न गर्ने ।
८. अप्रिल १२ लाई विश्व ज्योतिष महासंघको स्थापना दिवस मनाउने ।
९. विश्व ज्योतिष महासंघको नेतृत्वमा विभिन्न देशहरुमा सभा, सम्मेलन, गोष्ठी, कार्यशालाहरुको आयोजना गर्दै जाने ।
१०. केन्द्रीय महासभाबाट पारित भएका आचारसंहिताहरुलाई लागु गर्ने ।
११. स्रोत, साधनको पहिचान गरी महासंघको आर्थिक स्रोत वृद्धि गर्ने ।
१२. गठन भएका निकाय, च्याप्टर र सम्पर्क कार्यालयहरुलाई अनुमोदन गर्ने ।
१३. विश्व ज्योतिष महासंघको मुखपत्र ‘मेधिनी’ प्रकाशन गर्ने ।
१४. महासंघको परिचय दिलाउन बुकलेटहरु प्रकाशन गर्ने ।
१५. महासंघको तर्पmबाट समाजमा परिआउने दैविक विपत्तिहरुमा सहयोग गर्न÷गराउन महासंघको आन्तरिक दैविक विपत्ति कोषस्थापना गर्ने ।
उजेकिस्तानको तासकन्दमा सम्पन्न वरियन्टल हेरिटेज सम्मेलन २९ मार्चमा सम्पन्न भएको थियो । सो सम्मेलन पूर्व र सम्मेलन पछि तास्कन लगायतका पर्यटकीय स्थलहरुको प्रतिनिधिहरुलाई अवलोकन गराउन व्यवस्था समेत गरिएको थियो । सो सम्मेलनमा भाग लिन २७ मार्चमा गएको प्रतिनिधिमण्डल १ अप्रिलमा नेपाल फर्किएको थियो । सो वरियन्टल हेरिटेज सम्मेलनको सभापतित्व भारतका डा. सत्य विस्वासले गर्नु भएको थियो ।

यी हुन् वरियन्टल हेरिटेज सम्मेलन सहभागी नेपाली प्रतितिधिहरू
१. पञ्चाङ्गकार डा. लोकराज पौडेल
अध्यक्ष, विश्व ज्योतिष महासंघ
अन्तर्राष्ट्रिय समिति
२. डा. मिलन कुमार थापा
अध्यक्ष, तन्त्र विज्ञान नेपाल
३. डा.चन्द्र कुमार सेर्मा
उपाध्यक्ष, विश्व ज्योतिष महासंघ
अन्तर्राष्ट्रिय समिति
४. पं. जितेन्द्र कुमार शर्मा
उपाध्यक्ष, दक्षिण एशियाली ज्योतिष महासंघ
५. अम्बिका शर्मा लामिछाने
सल्लाहकार, विश्व ज्योतिष महासंघ
६. नरेश सिंह
केन्द्रीय सदस्य तथा सभापति, विश्व ज्योतिष महासंघ
दक्षिण एशियाली समन्वय समिति
७. डा.देवी प्रसाद खनाल
केन्द्रीय सदस्य तथा अध्यक्ष–सनातन धर्म संरक्षण समिति
८. कमला आङदम्बे
अध्यक्ष, विश्व किरात नारी संघ
९. आचार्य लक्ष्मण पन्थी
केन्द्रीय सदस्य तथा सभापति, दक्षिण एशियाली ज्योतिष महासंघ राष्ट्रिय समिति
१०. डा. सुवोध कुमार शुक्ला
केन्द्रीय सदस्य तथा अध्यक्ष, आचार्य कूलम्
११. मदन चौवे
केन्द्रीय सदस्य, नेपाल ज्योतिष परिषद्
१२. डा.गौरी शंकर शर्मा
अध्यक्ष, नेपाल ज्योतिष परिषद्
कर्णाली प्रदेश
१३. जनार्दन न्यौपाने
केन्द्रीय सदस्य तथा अध्यक्ष, नेपाल ज्योतिष परिषद्
प्रदेश नं ५
१४. लोकनाथ अधिकारी ९फलाहारी बाबा०
स्वर्गद्वारी आश्रम
१५. सूरजमुनि बज्राचार्य
केन्द्रीय सदस्य तथा सहकोषाध्यक्ष दक्षिण एशियाली ज्योतिष महासंघ
१६. नितेश बज्राचार्य
केन्द्रीय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
१७. सुन्दर भण्डारी
सभापति, दक्षिण एशियाली ज्योतिष महासंघ प्रदेश नं ५
१८. शारदा मानन्धर अनोजा
अध्यक्ष, सुलक्षण कीर्तिविहार गुम्बा
१९. नैनावती चिनानी बज्राचार्य
भेन नैनावती फाउन्डर एण्ड डाइरेक्टर अफ भास्रा सेकेन्डरी स्कूल
२०. मन्जु खनाल
केन्द्रीय सदस्य–सनातन धर्म संरक्षण समिति
२१. खिलानाथ काफ्ले
केन्द्रीय सदस्य तथा सभापति विश्व ज्योतिष महासंघ प्रदेश नं ३ नेपाल
२२. पुरुषोत्तम काफ्ले
सदस्य, आचार्य कुलम
२३. सिमसन थापा
विद्यार्थी, पूर्वीय दर्शन विद्यापीठ
२४. गोविन्द ज्ञवाली
केन्द्रीय सदस्य, किराँत ज्योतिष उत्थान संघ
२५. महेन्द्रनाथ मुन्धरा
कोषाध्यक्ष दक्षिण एशियाली ज्योतिष महासंघ
२६. हरि प्रसाद भण्डारी
२७. इन्दिरा देवी गौतम पोखरेल
उपाध्यक्ष महिला ज्योतिष संघ
२८. रमा प्याकुरेल दवाडी
उपाध्यक्ष, विश्वम्भरा ज्योतिष विज्ञान परिषद्
२९. उद्वव कुमार राइ
उपाध्यक्ष, किराँत ज्योतिष उत्थान संघ

प्रतिकृया दिनुहोस्