Motivate News

पूर्वमन्त्री बस्नेतले गरे राहत वितरण

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले पर्सा र बाराका हावा हुरिबाट ज्यान गुमाएकाहरुका प्रत्येक परिवारलाई सहयोग स्वरुप नगद रु २१५०० (एक्काइस हजार पाँच सय) प्रदान गरेको छ।

पूर्व सूचना तथा संचार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको बिशेष पहलमा राहत वितरण भएको हो ।

कार्यक्रममा फर्मुलाह मन्सुर, नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदी, बाराका पार्टी सभापति जय चन्द चौरसिया, सुनकोशी गाउपालिका अध्यक्ष श्रवण कुमार जि सि, नेपाली कांग्रेस बाकेका जिल्ला सदस्य चुडामणि कडेल, बिरगंज महानगर वडा न १८ का वडा अध्यक्ष ब्रहम्देव प्रसाद यादव, वडा न २१ का बुथ सभापति अनिल श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्