Motivate News

उत्कृष्ट प्रशिक्षक तथा विद्यार्थीलाई सम्मान गर्दै अबन्ते एकेडेमीले यसरी मनायो नयाँ बर्ष !

काठमाडौं – कोरियन भाषा प्रशिक्षण केन्द्र अबन्ते एकेडेमीले २०७६ सालको अवसरमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार बालाजु काभ्रेस्थली कोरियन स्कुलमा आयोजित कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको मनोबल बढाउँन शुभकामनाका साथै विभिन्न विद्यामा सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

कोरियन भाषा परिक्षा नजिकिँदै गर्दा अबान्ते एकेडेमीले उत्कृष्ट शिक्षकलाई रु ५०,००० नगद सहित सम्मान गरेको छ भने उत्कृष्ट विद्यार्थी, छात्रवृत्तिमा अध्यन गर्ने विद्यार्थि अनुशासित विद्यार्थीहरुलाई पनि नगद सहित सम्मान गरेको छ । प्रशिक्षक रिमा श्रेष्ठ, कोरियन प्रशिक्षक लियोङ्गं मोक, प्रशिक्षक सुवास रेग्मी, प्रशिक्षक रोशन श्रेष्ठलाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै विद्यार्थि तर्फ उत्कृष्ट नजिता ल्याउँने सागर न्यौपाने, अनुशासित विद्यार्थि विपिन भण्डारी, छात्रवृत्ति तर्फ गंगा जोसी र चित्रकला तामाङलाई पनि नगद सहितको सम्मान प्रदान गरिएको थियो ।


कार्यक्रममा बोल्दै एकेडेमिका अध्यक्ष हरि बस्नेतले आफ्नो अनुभव शेयर गर्दै अबन्तेलाई यहाँ सम्म लिएर आउँन टिमकै उत्कृष्ट भुमिका रहेको बताउँनु भयो । उहाँले संसारले अबन्तेलाई मार्न चाहेको तर विद्यार्थि तथा टिम पशिक्षकले जिवित राखेको उल्यख गर्नु भयो । अबन्तेमा आउँने विद्यार्थि निक्कै मेहनती रहेको भन्दै अब आउँने परिक्षामा उत्कृष्ट नतिजा आउँने बताउँनु भयो । यो परिक्षामा विद्यार्थिहरु पासमात्र भएर नपुग्ने भन्दै स्कील टेष्टमा पनि पास हुनु पर्ने बताउँनु भयो । परिक्षा पास भएपछि १० जनालाई फ्रिमा पढाउँने पनि उहाँले घोषणा गर्नु भयो ।


त्यस्तै कोरियन प्रशिक्षक लियोङ्गं मोकले विद्यार्थिहरुलाई शुभकामना तथा बधाई दिनु भयो । उहाँले व्यक्तिगत समस्याका कारण विद्यार्थिहरुलाई प्रयाप्त समय दिन नसकेकोमा क्षमा माग्दै आगामि दिनमा भाषा परिक्षा उत्र्रिण गरेर कोरिया पुगे पछि कोरिया प्रतिको धारणा कहिल्यै परिवर्तन नहोस भन्नु भयो । नेपाल र कोरियाका संस्कृती रहनसहन फरक रहेकाले सबैकुरामा एडजस्ट गर्नु पर्नेपनि प्रशिक्षक मोकले जानकारी गराउँनु भयो ।


त्यस्तै प्रशिक्षक सुवास रेग्मीले कोरियण भाषा इपीएस पास गर्नको लागी मान्छे जन्मेको बताउँनु भयो । विद्यार्थिहरुलाई हौसला बढाउँदै इपीएस पास गर्न अबन्तेले पुरा साथ दिने बताउँनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै विद्यार्थि सागर न्यौपानले अबन्ते एकेडेमि जस्तो अरु कुनैपनि एकेडेमि नभएको दावि गरेको थिए । विद्यार्थि सागरले अबन्तेले दिएको सुविधा जहाँ कहि खोजेपनि नमिल्ने भन्दै पढाई तथा सम्पुर्ण कुरा उत्कृष्ट रहको बताए ।

कार्यक्रमामा अबन्तेमा अध्यनरत ५ सय भन्दा बढी विद्यार्थिहरु, कोरियन प्रशिक्षक, अबन्ते लगायत अन्य प्रशिक्षण केन्द्रका प्रशिक्षकहरुको उपस्थीती रहेको थियो । २०७२ साल देखि निरन्तर लागी परेको अबन्तेको पछिल्ला वर्षहरुको विद्यार्थि उत्र्रिण नतिजा उत्कृष्ट रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस्