Motivate News

बालकको मुखमा अप्राकृतिक मैथुन ? यस्ता पापीलाई ओली सरकारले के गर्ला ?

सिरहा – सिरहाको धनगढी नगरपालिका एक बालकको मुखमा अप्राकृतिक मैथुन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका ८ वस्ने २६ वर्षीय जो जो भन्ने कृष्ण मण्डल र सोही नगरपालिका ४ बस्ने २५ वर्षीय संजय श्रेष्ठ रहेका छन् । पाहुना बस्न आएका निज बालकलाई मण्डल र श्रेष्ठले सुखिपुर नगरपालिका ८ स्थित बाबुराम खोलामा लगेर मुख थुनी जबरजस्ती अप्राकृतिक मैथुन तथा मुख मैथुन गरेको प्रहरीले जनाएको छ ।

उक्त गतिविधि गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्