Motivate News

पत्रकार पक्राउको विरुद्ध पत्रकारहरु सडकमा (फोटोफिचर सहित)

काठमाडौं – पत्रकार पक्राउको विरोधमा पत्रकार महासंघ सहित विभिन्न संघ संस्थाहरु सडकमा उत्रिएका छन । पोखराबाट सञ्चालित ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेको विरोधमा महासंघ सहित विभिन्न संघ संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन ।

अनलाइन पत्रकार संघको अगुवाइमा विभिन्न पत्रकार समूहको सहभागितामा मंगलबार माइतीघरमा प्रदर्शन भएको छ । सो विरोध कार्यक्रममा पत्रकार महासघंका अध्यक्ष गोविन्द आर्चायसहित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो ।

बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासविरुद्ध समाचार लेखेको आरोपमा पत्रकार गिरिलाई प्रहरीले पक्राउ गरेको थियो । गत शुक्रबार आफ्नो अनलाइन संस्करणमा जिल्ला प्रहरी कार्यालयमा बतासविरुद्ध जाहेरी दिन पुगेका पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै समाचार लेखेका थिए ।

जाहेरीमा श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी गरेको भन्दै समाचार लेखेपछि पत्रकार गिरीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पत्रकार गिरीको अस्वस्थ्ताका कारण अहिले चिरआयू नेशनल अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्