Motivate News

ओली सरकार भष्ट्राचारमा चुर्लुम्म डुब्यो : काँग्रेस नेता खड्का

काठमाडौं – नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले खड्ग प्रसाद ओली (केपि ओली)को बर्तमान सरकार भष्ट्रचारको चङगुलमा फसेको आरोप लगाएका छन । बलात्कारी, भष्ट्राचारी, भुमाफिया, तस्करहरुलाई संरक्षण गरेर ओली सरकार भष्ट्र सावित भएको उनको भनाई छ ।

पत्रकार शोभराज बरालको रेडियो कार्यक्रम संबाद चौतारीमा बोेल्दै नेता खड्काले आजसम्म निर्मला पन्तको हत्यार पत्ता लगाउन नसक्नु, सुन काण्डका दोशीलाई उन्मुक्ति दिनु, वाइडबडी प्रकरण विचैमा सेलाउनुले ओली सरकार नराम्रोसंग असफल भएको बताए । काँग्रेसले सरकारको रचनात्मक आलोचना गरिरहेको बताउँदै कम्युनिस्टहरु जस्तो टायर बाल्ने, संसदमा कुर्षि फुटाउने, सभामुखलाई थुन्ने लगायतका घिर्णीत कार्य काँग्रेसबाट नहुने स्पष्ट पारे ।

गोर्खा एफ एमबाट प्रशारित कार्यक्रममा उनले काँग्रेसले देशैभरी जागरण अभियानको घोषण गरेको र त्यसले काँग्रेसलाई नयाँ उचाईमा पुर्याउने बताए । देशभरका कार्यक्रतालाई जागरुक जनाउन यो अभियान ल्याइएको उनको भनाई छ । नेता खड्काले यो अभियानमा सबै नेता कार्यक्रताहरुलाई सकृय सहभागिताका लागि अपिल गर्दै सम्पूर्ण नेपाली जनतालाई सहयोग गर्न आग्रह पनि गरेका छन ।

प्रतिकृया दिनुहोस्