Motivate News

आईसीसी वरियतामा नेपालको एक स्थान सुधार, नेपाल युएईभन्दा अघि

बैशाख ४ काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा एक स्थान सुधार गरेको छ ।

शनिबार सार्वजनिक भएको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेसँगै नेपाली टोली १४ औं स्थानमा रहेको छ । यसअघि नेपाल १५ औं स्थानमा रहँदा युनाइटेड अरब इमिरेट्स (युएई) १४ औं स्थानमा रहेको थियो एक स्थान सुधार भए सँगै युएई एक स्थान पछि धकेलिएको हो ।

आईसीसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४ औं स्थानको नेपालले १५२ अंक प्राप्त गरेको छ । नेपाल भन्दा पछि युएई र नेदरल्याण्ड्स छन् ।

वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका रहँदा पाँचौ स्थानमा अस्ट्रेलियान छ ।

प्रतिकृया दिनुहोस्