Motivate News

सरकारले नजरअन्दाज गरेको यो विकट दलित बस्तीमा शिक्षाको उज्यालो घाम छर्दै यी तिन आटिला युवा !

काठमाडौँ । यो समाजिक यथार्थको कथा हो । जुन देशको सरकार समृद्धि र विकासको मात्र नारा फलाकिरहेको छ । त्यहि देशका नागरिक साव अक्षर चिन्न नसकेर आफ्नै परिवेशमा रनभुल्ल छन् ।कथा पश्चिम नेपालको कैलाली जिल्लामा अवस्थित मोहन्याल गाउँपालिका वडा नम्बर ७ कचाली गाउँको हो । जुन मानव वस्तीमा पुग्न महेन्द्र राजमार्ग अन्तर्गत कैलाली जिल्लाको चिसापानीबाट करिब ९ किलोमिटर उत्तर चुरे पहाडमा अवस्थित छ । जहाँ ६० घर परिवार बसोबास गर्छन् । एकातिर चरम आर्थिक अभाव अनि अर्कोतिर शिक्षाबाट बञ्चित । यो उनीहरुको बाध्यता हो या नेपाली हुनुको दुर्भाग्य । टिकापुर बजारबाट ३० किलोमिटर पूर्वी उत्तरमा रहेको यो मावन वस्ती आफैमा नेपालमा छु या छैन भन्ने भान छ ।

यसै त सामाजिक कुरितिको बादलभित्र हराइरहेका मान्छे । त्यसमाथि पनि शिक्षाको उज्यालो घाम कहिलै पनि आङ्मा नपरेका तिनिहरु माथि राज्यको दृष्टि पर्ने कुरै भएन । एकातिर दलित समुदाय बसोबास गर्ने विकट गाउँ अनि त्यसमाथि शिक्षाको पहँुचभन्दा बाहिर रहेको बस्ती । यो सिंगो दलित बस्तीको दर्दनाक अवस्थाको चित्र न त सरकारले देख्यो, न त स्थानीय निकायले कुनै चासो नै देखायो ।

तर, मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भन्ने उद्घोषका साथ अघि बढेका लक्ष्मण बजगाईको दुरदराजमा दृष्टि मात्र परेन । त्यो वस्तीमा शिक्षाको उज्यालो बत्ती बाल्ने उद्घोष समेत गरे । जुन गाउँमा एउटा पनि सरकारी विद्यालय छैन् । छ त एउटा सानो छाप्रो । त्यसमा पनि पानी पर्दा सबै छाप्रोमा पस्ने अवस्था छ । जहाँ ५० जना बालबालिका अध्ययन गर्छन् । त्यो पनि स्थानीयहरुको पहलमा एउटा छाप्रो बनाएर आफ्ना नानीहरुलाई कखरा सिकाउने गरिएको छ । त्यस गाउँबाट नजिकको विद्यालय जानका लागि करिब ३ घण्टाको बाटो खर्चेर पुग्नु पर्ने बाध्यता छ । साथै दाताहरुको सहयोग पाएमा पनि यसमा साथ दिएमा भौतिक संरचना समेत निर्माण गर्ने योजना रहेको छ । हाल उक्त विद्यालयमा एक जना शिक्षिकाले अध्यापन गराउँदै आएकी छिन् ।

समस्त सहयोगी मनहरुमा सहयोग को अपिल गर्दछौं यो अभियान हाम्रो मात्र नभई सम्बन्धित सबैको साझा अभियान भएको हुँदा आउनुहोस् कचालीका ती बालबालिकाको निमित्त हातेमालो गरौं । देश तथा बिदेशमा रहनुहुने, दाजुभाइ तथा दिदिबहिनिहरुमा सहयोगको अपिल गर्दछौँ। तपाईको सहयोगले नै हामीले ती ४० जना बालबालिकाको भविष्यमा थप प्रकाश थप्ने कोसिस गर्नेछौ । आउनुस् हातेमालो गरौ। भवन निर्माणमा एक जुट हौ अभियन्ता बजगाईले सबैलाई अपिल गरेका छन् ।

उनी भन्छन्, हामी चाहन्छौं, शिक्षाको पहुँचबाट कोहि पनि टाढा हुनु नपरोस् । यसका लागी उनले पहीलो पाइला नेपाल को कचाली बाल शिक्षा सदन निर्माण अभीयान संयोजक भएर काम गरीरहेका छन । उनी भन्छन्, म त केबल माध्यम हु अर्जु‘न भुसाल, प्रतिभा खड्का हरुले दिएको साथ बिना यो अभियान सम्भव छैन । यो हाम्रो सामूहिक नेतृत्वकोे प्रतिफल हो । उनी भन्छन्, यहाँ हरु सबैको साथ र समर्थनको आडमा आज हामीले यस किसिमको कार्यको थालनी गर्न सफल भएका छौं । आशा छ तपाई हामी सबैको सक्रियतामा यो अभियानले पनि सार्थकता पाउनेछ ।

उनी भन्छन्, अब चाडै नै छत ढलान पनि हुदैँछ । तपार्इहरुको माया र साथ ले यति चाडै हामी सफलता को सिढ चढेका छौ । अचम्म लागेको होला आखिर कसरी यति चाडै ? यो आट र साहस तपाईं जनता प्रती समर्पित हो । आज सम्म४÷६ लाख संकलन भएको छ । तर १० लाख को काम भैसकेको छ । बाँकी सबै उधारो छ । अह हामी कति पनि बिचलित छैनौ किनकी हामी लाई ऋण लागेको हैन जनताको मन र समाजको मन लागेको हो जसको लागि यो उधारो त केही हैन । हामी युवामा भरोसा गर्नुहोस तपाइको पसिनाको मुल्य मा हामी कुनै अन्याय गर्ने छैनौ । हामी निश्चय नै सफल हुन्छौ किनकी हामी सँग बिश्वभरीका नेपालीको साथ छ त्यसैले यो साहस यो उमेरमा लिएका छौ बाँकी तपाइहरुको बिश्वास र भरोसामै छोड्दिनेछौ । आशा छ एउटा गाउँको सपना, बालबालिका को सपना र हामी सबैको सपना मर्न दिनुहुने छैन ।।

प्रतिकृया दिनुहोस्