Motivate News

भ्रष्टचारीलाई तह लगाउन विप्लवले मागे सेनाप्रहरीको साथ, के गर्ला सेना र प्रहरी ?

काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेपाल प्रहरी र नेपाली सेनालाई सहयोग गर्न अपिल गरेको छ । विप्लवले पुँजीवाद—दलाल पुँजीवाद रहेसम्म जनता पनि मुक्त नहुने र सुख र समृद्धी पनि नआउने भन्दै सेना र प्रहरीहरु पनि यो व्यवस्थाबाट पीडित भएको भन्दै आन्दोलनलाई राजनीतिक रुपमा लिन र सहयोगको अपील गरेका हुन् ।

विज्ञप्ती जारी गर्दै विप्लवले बैसाख ५ गते बुधबार आह्वान गरिएको बन्दमा सुरक्षा निकायलाई संयमित रहन आग्रह गरेको छ । सरकारले लगाएको प्रतिबन्ध र आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा सो पाटीले बैसाख ५ गते नेपाल बन्दको आयोजना गरेको छ ।

विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएकोृ छ, जनतामाथिको दमन र प्रतिबन्ध भन्ने कुरा दलाल वर्गका थैली भर्ने फट्याइँ मात्र हुन् । यस्ता नयाँ जोगीहरूको उचालाईमा लागेर सेना–प्रहरीहरूका जवान र अफिसरहरू पनि धेरै चकचक नगरौँ । तसर्थ आउनुहोस् जनसमुदाय मुक्ति, अधिकार र स्वाधीनताका लागि सारा एक हौँ र केपी वली सरकारको फासिवादी दमनको प्रतिरोध गरौँ ।’

विप्लवले विज्ञप्तिमा ‘अधकचल्टो क्रान्तिले केही व्यक्ति र नेताहरूलाई सत्ताभोगी लुटेरा वर्गमा पतन गरिदिन्छ । जनयुद्धलाई हामी यसबाट बचाउन चाहन्थ्यौँ । अपसोच १ प्रचण्डहरूको गद्दारीले गर्दा मुठीभर माओवादीहरू (धेरै त त्यहाँ पनि उत्पीडित नै छन लाई दलाल पुँजीपति (अर्बपति, करोडपति) वर्गमा पतन गरायो । उनीहरूलाई उदाहरण बनाएर सारा क्रान्ति नै असम्भव भन्दै जनताको मुक्तिमार्गलाई बन्द गरिदिने षड्यन्त्र चलिरहेको छ । यसबाट सबै सचेत बनौँ, भनेको छ ।

विप्लवले केही दिन अगाडी मात्रै विज्ञप्ती जारी गरेर प्रधानमन्त्री जहाँ जान्छन्, त्यही बन्द गर्छौ भनी चेतावनी समेत दिईसकेका थिए ।

प्रतिकृया दिनुहोस्