Motivate News

एनआइसी एसिया बैंक विरुद्ध राजश्व अनुसन्धान विभागमा उजुरी

काठमाडौँ  – निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक भनेर आफूलाई प्रमोट गरिरहेको एनआइसी एसिया बैंकले ठुलै रकम कागजी मिलेमत्तोमा राज्य कोषमा जान नदिएर राजश्व चुहावट गरेको आरोप लागेको छ । आर्थिक बर्ष ०७३/७४ मा सो बैंकले कुल ६७,४९,५५,८०,०००।- (अक्षरुपी सत्सठ्ठी अर्ब उन्नाइस करोड पच्पन्न लाख असी हजार रुपैयाँ मात्र) कर्जा प्रबाह गरेको थियो । जस मध्ये राष्ट्र बैंकको निर्देशन अनुसार सो को पाँच प्रतिशत ३,३७,४७,७९,०००।- (अक्षरुपी तिन अर्व सैंतिस करोड सत्चालीस लाख उनान्असी हजार रुपैयाँ मात्र) रकम अनिवार्य विपन्न बर्गमा लगानी गर्नुपर्नेमा अन्यत्रै लगानी गरी कागजी मिलेमतोको आधारमा राज्य कोषलाई ३७ करोड राजश्व चुहावटको आरोप सहित एन आइसि एसिया बैंक विरुद्ध एक जना नागरिकले राजश्व अनुसन्धान विभागमा उजुरी दर्ता गराएका छन । अनुमानीत विगो ३७ करोडको भण्डै दोव्वर (७२ करोड) माग दावि सहित उजुरी दर्ता भएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले तोकिएको कर्जा सम्बन्धित बर्गमा लगानी नगरे बैंकले लिने उच्चतम ब्याज बराबरको जरिवाना असुल उपर गर्ने कानुनी प्रावधान छ । तर एनआइसि एसिया बैंकले सम्बन्धित बर्गमै लगानी छ भनी राष्ट्र बैकलाई गलत रिपोर्ट पेश गरेको र सो बारेमा राष्ट्र बैंकलाई पटक पटक प्रमाण सहित अवगत गराउँदा समेत कुनै चासो नदेखाएकाले यसमा राष्ट्र बैंकको समेत मिलेमतोको दावि गर्दै उजुरी कर्ताले राजश्व अनुसन्धान विभागमा उजुरी दर्ता गराएका छन ।

राज्य कोषमा जाने करोडौँ रकममा हिना मिनाको आरोप सहित राष्ट्र बैंकका गभर्नर चिरन्जीबी नेपाल विरुद्ध पनि अख्त्तियार दुरुपयोग अनुसन्धान आयागमा समेत उजुरी परेको छ । एनआइसि एसिया बैंकका विरुद्ध राजश्व अनुसन्धान विभागमा उजुरी (दर्ता नम्बर १५०) परेको पुष्टि गर्दै विभागका महानिर्देशक दिर्घराज मैनालीले त्यस उपर आवश्यक अनुसन्धानको प्रकृया अगाडी बढाइएको मोटिभेट न्युज डटकमलाई जानकारी गराए ।

यो पनि पढ्नुहोस्

एनआइसी एसिया बैंकमा खाता खोल्दै हुनुहुन्छ ? पख्नुहोस्…! यसरी फसाउँछ बैंकले

प्रतिकृया दिनुहोस्