Motivate News

माधव नेपाललाई फकाउने गरि प्रचण्डले ल्याए पार्टी एकताको नयाँ प्रस्ताव

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई फकाउने गरि तत्लो तहका कमिटीहरुको एकिकरणका लागि नयाँ प्रस्ताव पेश गरेका छन । जनप्रतिनिधिहरुलाई समेत पार्टीको जिल्ला अध्यक्ष र सचिव बनाउन सकिने गरि अध्यक्ष प्रचण्डले प्रस्ताव अघि सारेका हुन । यसमा वरिष्ठ नेता माधवकुमार नेपाल सहमत रहेको पाइएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने केही मुख खोलेका छैनन् ।

यसअघि नेकपाले जनप्रतिनिधि भइसकेकालाई पार्टीको कार्याकारी भूमिकामा रहने गरी जिल्ला अध्यक्ष र सचिव नबनाउने गरी मापदण्ड बनाएको थियो । तर, प्रदेश ५ लगायतका ठाउँमा ओली समूहले मापदण्ड विपरीत वरिष्ठता मिचेर आफ्नो समूहका नेताहरुको नाम पठाएपछि त्यसमा माधवकुमार नेपाल समूहले आपत्ति जनाएको थियो । वरिष्ठताका आधारमा जिम्मेवारी दिनुपर्ने नेपाल समूहको तर्क रहँदै आएको छ ।

पछिल्लो समय माधवकुमार नेपाल समूहले समानान्तर कमिटी बनाउने चेतावनी समेत दिएपछि प्रचण्डले मध्यमार्गी बाटो अपनाएका हुन । नेकपा सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच यसबारे छलफल जारी छ । यो छलफलमा प्रचण्डले जनप्रतिनिधि भइसकेका भए पनि जुन पद छ, त्यही जिम्मेवारी दिने प्रस्ताव राखेको स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस्