Motivate News

आफ्नो तलब युवाहरूको लागि खर्च गर्छन् सांसद गुरुङ

काठमाडौँ – कुनै सांसदले आफुले पाउने तलब युवाको सिप विकासमा खर्च गर्छ भन्दा अचम्म लाग्न सक्छ । तर एकजना सांसदले आफ्नो तलब र भत्ता केवल युवाका लागि खर्च गर्छन् । करिब दुई बर्षअघि एकजना सांसदले काठमाडौंमा सम्पर्क अफिस खोलेर दोलखाका युवाहरूलाई स्वरोजगारमुलक सिप विकास गरि आफ्नो जिल्लाको विकास गर्न र युवाको जीवन निर्वाह गर्न टेवा पुग्ने खालको कार्यक्रम ल्याउन तयार भए ।

दोलखामा केही त्यस्ता खालका कार्यक्रमहरू पनि संचालन गरे । केहीसंग उनले सल्लाह पनि गरे, धेरैको सल्लाह दोलखालाई मात्र होईन, सम्पुर्ण देशकै युवालाई समेट्नु पर्छ भन्ने आयो । त्यही सल्लाह अनुसार साथीहरूसंगको सहकार्यमा काठमाडौंको बुद्धनगरमा जन्मियो ‘उद्यमी स्कुल’ । उद्यमी स्कुल संचालन गर्ने मनकारी सांसद हुन दोलखा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित पार्वत गुरुङ । उनै उद्यमी स्कुलका संचालक, सांसद तथा समाजसेवी गुरुङसंग मोटिभेट न्युजका अध्यक्ष सोभराज बरालले भेटेर केही कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीमा आधारीत यो सामग्री ।

को हुन् पार्वत गुरुङ ?

दोलखा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्बाचित सांसद हुन् पार्बत गुरुङ । उनी देश र जनतालाई संविधान दिन संविधान सभामा प्रबेश गरेका हुन् । एमालेबाट टिकट पाएर प्रत्यक्ष चुनाव जितेका सांसद् गुरुङ ६०१ मध्यमा फरक छन् । देश र जनताको लागि मरिमेट्ने उनी दोलखाली जनताका लोकप्रिय नेता हुन् ।

सानैदेखि शोषण दमनको बिरुद्धमा धावा बोल्ने उनी कसैसंग झुक्दैनन् । संविधान निर्माणको मुख्य कार्यभार लिएर संविधान सभामा प्रबेश गरेका उनी संविधान निर्माणपछि खुसी छन् । केही असन्तुष्टहरूले गर्दा देशमा विभिन्न समस्या आएको बताउने उनी जनताले संविधानमा समाबेश भएका अघिकारको बारेमा नबुझेको बताउँछन् ।

संविधानमा केही त्रुटिहरू रहेको बताउने उनी संविधान संशोधनमार्फत सबै समस्याको समाधान निक्लिने आशा गरेका छन् । नेपाली जनताको दवाव र विदेशी शक्तिहरूको सुझावले संविधान जारी भएको बताउने उनी विदेशीहरूले आफुले दिएको सुझावमा संविधान जारी भएकोे हेर्न नचाहेकाले अहिले जनताले दुःख पाएको बताउँछन् । उनी भन्छन् ‘जनताले चाहेर दवाव दिएका थिए तर विदेशी मित्रराष्ट्रहरूले दिएको सल्लाह हावा रहेछ । नेपाल भ्रमण गर्न जो मित्रराष्ट्र आए पनि संविधान छिटो बनाउ भनेर जान्थे । तर आज तिनैको असहयोगका कारण नाकाबन्दीलगायतका दुःख व्यहोरीरहनु परेको छ ।’

नेपालमा संविधान निर्माण भएको, राजनीतिक दलहरू एक भएको, राष्ट्र निर्माणमा एकजुट भएको मित्रराष्ट्रलाई मन नपरेको उनको भनाई छ । नेपालमा भूकम्प र नाकाबन्दीले जनताले धेरै दुख पाएको बताउने उनी यसलाई अवसरको रूपमा लिएर अघि बढ्नुपर्ने सुझाव दिन्छन् ।

राजनीतिक यात्रा

समाजमा भएका विवेधहरूको विरुद्धमा सानैदेखि आवाज उठाउने उनी अन्याय अत्याचारको विरुद्धमा लढ्थे । बुझ्ने भएदेखि नै अन्याय अत्याचार, शोषित पीडित जनताको आवाज बोल्दै दलाल पुँजिपतिविरुद्ध खरो उत्रिने उनी सामाजिक विभेदकै कारण राजनीतिमा होमिए ।
सानैदेखि पार्टी सम्पर्कमा रहेका उनले १३ बर्षको कलिलो उमेरमै पार्टी सदस्यता प्राप्त गरे ।

शोषण दमन, अन्याय अत्याचारको विरुद्धमा लाग्दाखेरी असल मान्छे भईन्छ भन्ने पाठ सिकेका उनले तत्कालिन नेकपा मालेको बाल संगठनबाट राजनीतिक यात्र सुरु गरे । त्यति बेला उनको पार्टी भुमिगत थियो । भुमिगत भएको पार्टीलाई खाना, पानीको व्यवस्था गर्नेदेखि पार्टीका अन्य कार्यक्रमको व्यवस्था उनी आफैँले गर्दथे ।

२०३७ सालमा पार्टी सदस्यता लिएका उनले स्कुलमा राम्रो संगठन बनाएका थिए । बाल संगठन हुँदै विद्यार्थी राजनीतिमा प्रबेश गरेका उनले आफ्नो समूहकै कारण हेपिन परेन । साथीहरूलाई संगठित गरी आफ्नोविरुद्धमा बोल्ने कोहीलाई पनि छोड्दैनथे ।

उनी स्कुलको एउटा घटना यसरी सम्झिन्छन् ‘एक दिनको कुरा हो, अध्ययन गर्न गाँउबाट केही टाढा जानुपर्ने, स्कुल भएको गाँउका केटाहरूले हामीलाई हेप्न थाले । हामी पनि को भन्दा को कम भन्दै उनीहरूसंग भिड्यौँ । त्यो दिन त्यो गाँउका केटाहरूको राम्रोसंग घुलाई भयो त्यसपछि उनीहरू हाम्रो विरुद्धमा कहिलै बोलेनन् ।’

स्कुलमा कसैलाई ट्याँ–फ्याँ गर्न नदिने उनी कलेजमा पनि अनेरास्ववियुमा आबद्ध भए । कलेजको अध्ययन सकेर उनी २०४६ सालमा फेरी गाँउ फर्किए । गाँउबाट सुरु भयो उनको बास्तविक राजनीतिक यात्रा । काठमाडौँबाट गाँउ फर्केका उनी गाँउ कमिटिको प्रमुख भए । त्यसपछि उनी इलाका क्षेत्र हुँदै जिल्लाको अध्यक्षसम्म भए । नेपाल कम्युनिष्ठ पार्टी एमालेको दोलखा जिल्लाको अध्यक्ष भएर काम गरेका उनले संविधान सभा निर्वाचन २०७० मा एमाले क्षेत्र नं १ बाट टिकट पाए ।

उनको जित निश्चित थियो त्यो निर्वाचन क्षेत्रमा किनकी उनले गाँउमै बसेर जनताको । सेवा गरेका थिए । जनताको दुःख सुख बुझेका थिए । पार्वत निर्वाचित भए आफ्नो गाँउ ठाँउको विकासमा ध्यान दिन्छ भन्ने जनताको विश्वास थियो । त्यही विश्वासका आधारमा दोलखा क्षेत्र नम्बर १ का जनताले उनलाई पत्याए र उनी अत्याधीक बहुमतले विजयी भए ।

उनको त्याग तपस्या र पार्टीमा गरेको बलिदानीको कदर गर्दै नेकपा एमालेले उनलाई थप जिम्मेवारी पनि दियो । उनी अञ्चल कमिटि हुादै अहिले केन्द्रीय सदस्य छन् । देशको राजनीतिलाई फरक ढंगले बुझेका उनले गर्ने सोच भए कसैले रोक्न नसक्ने उद्घोष गर्छन् ।

सरकारी तवरमा, नीति निर्माणको क्षेत्रमा केही कमिकमजोरी भएको बताउने उनी संघर्ष गर्दा उपलब्धि हाँसिल हुनेमा विश्वस्त छन् । अहिले मन्त्री हुने सोच नरहेको बताउने उनी समाजले पत्याउने खालको जिम्मेवारी लिन भने तयार छन् । आफ्नो उमेर र व्यक्तित्वले योग्य नरहेको बताउने उनी काम भने जस्तो सुकै गर्न तयार रहेको बताउँछन् ।

उद्यमी यात्रा

काठमाडौँको बुद्धनगर स्थित उद्यमी घरमा रहेको उद्यमी स्कुलमा संचालक उनी हजारौँलाई रोजगारी दिने योजनामा छन् । एउटा छुट्टै पाठ्यक्रम बनाएर संचालन गर्ने योजनामा रहेका उनको स्कुलले सोचेजस्चो फट्को भने मार्न सकेको छैन । जनतालाई फरक हिसावले चेतना फैलाउने हेतुले स्थापना भएको उद्यमी स्कुले सिटिईभिटीबाट पनि सम्बन्धन प्राप्त गरिसकेको छ ।

स्कुल लेभलबाटै एउटा उद्यमी बनाउने खालको विषय निर्माणको तयारीमा रहेको बताउने गुरुङ अहिले कसरी उद्यमी बन्ने भनेर सल्लाह दिने गर्दछन् । बाहिरबाट आएर केही कार्यक्रम गर्नेले गर्दा अहिले उद्यमी स्कुल चलेको बताउने उनी केही समय पश्चात आफ्नो कामले रफ्तार लिने दावी गर्छन् ।

युरोप भ्रमण गर्दाखेरी त्यहाँका नेताहरूले गरेको राजनीतिबाट प्रेरित गुरुङ नेपालमा पनि आफुले त्यहाँको सिको गरेको बताउँछन् । उनी भन्छन् ‘युरोपका नेताहरूको आफ्नो छुट्टै व्यवसाय हुन्छ । व्यवसायबाट बचेको समय राजनीतिमा सदुपयोग गर्छन् । तर नेपालमा राजनीतिलाई नै पेशा बनाईएको छ । यसको ठिक विपरीत आफुलाई चाहिने खर्च म उद्यमीबाट निकाल्छु । पुग्दो भए राजनीतिमा आवद्ध हुन्छु ।’

आफ्नो जिन्दगी चलाउन उनले ‘हिमालयन बायो टे«ड’ नामक कम्पनी चलाएर बसेका छन् । आफ्नो जीवन चलाउन व्यवसायबाट पैसा आएपछि भष्ट्राचार गर्न नपर्ने, कसैलाई ठग्न लुट्न नपर्ने, गलत काममा लाग्नु नपर्ने हुँदा आफुले यो कम्पनी चलाएको उनको भनाई छ । त्यसमा उनले, जडिबुटी, नेपाली कागज, हेन्डीग्राफ्ट लगायतका सामाग्री नीर्यात गर्छ उनको कम्पनीले ।

पहिले पहिले उनी आफैले गाँउमा गएर जडिबुटी संकलन, नेपाली कागजको उत्पादन लगायतका काम गरे र त्यसको बजारीकरण गरे । तर अहिले उनी गाँँउका जनताले उत्पादन गरेको बस्तुको बजारीकरण गरिदिन्छन् । गाँउका धेरैजसो युवाले उनको यो कम्पनीमार्फत रोजगार पाएका छन् । अहिले समुदायमा आधारित यस्ता धेरै उद्योग रहेको बताउने उनी विश्वका विभिन्न देशमा यस्ता खालका सामग्रीहरूको निर्यात गर्छन् ।

अत्यमा, आर्थिक रूपमा आफु सबल भएपछि मात्र राजनीति गर्न युवाहरूलाई उनको सुझाब छ ।

फोटो : नारायण अधिकारी 

प्रतिकृया दिनुहोस्

काठमाडौं ४ लाई सम्बृद्ध बनाउने डा. भट्टराईका यस्ता छन् आठ प्रतिबद्धताहरु

कार्तिक २८, काठमाडौ – यहि मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाम गठवन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधी सभा उम्मेदवार डा. राजन भट्टराई अहिले घर दैलो क्रममा व्यस्त छन् । उनले आफ्नो घर दैलो कार्यक्रमको क्रममा...

काठमाडौँ ७ का जनतालाई HERO बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !

क्षेत्र नम्बर ७ का जनतालाई HERO बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा ! काठमाडौँ -मंसिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्तगत काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधी सभा सदस्यका लागि संयूक्त वाम गठबन्धनको तर्फबाट एमालेका नेता रामविर मानन्धर र...

निस्वार्थ ढंगले जनताको सेवा गर्छु : राजेन्द्रवीर राय

स्थानीय चुनाव सम्पन्नपछि राजनीतिक पार्टी र तिनका नेताहरूलाई यतिबेला फेरि प्रदेश र संघीय प्रतिनिधि सभाको चुनाव लागेको छ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघीय प्रतिनिधि सभाको निर्वाचनमा सम्पूर्ण पार्टी र तिनका उमेद्वारहरू कम्मर कसेर रातदिन चुनावी दौडामा छन्...

यसरी जितेका थिए रामहरीले ओखलढुंगाका जनताको मन, के फेरी चुनाव जित्लान ?

काठमाडौं – आगामी मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा ओखलढुंगाको निर्वाचन निकै रोचक हुने देखिएको छ । प्रतिनिधिसभाको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेपाली काँग्रेसका लोकप्रिय यूवा नेता रामहरि खतिवडा र...