Motivate News

अर्थमन्त्रीलाई हटाउन ब्यवसायीहरुको दवाव, के गर्लान प्रधानमन्त्री ओली ?

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन ब्यवसायीहरुले चलखेल सुरु गरेका छन् । उनको ठाउँमा चितवनबाट निर्वाचित सुरेन्द्र पाण्डेलाई ल्याउन शक्ति केन्द्र धाउन थालेको खवर सार्वजनिक भएको छ । कसिलो आर्थिक नीति, कडिकडाउ आर्थिक व्यवहार...बाँकी

बारी बारीमा केरा !

– तारानाथ आचार्य/बलेवा । जैमिनी नगरपालिका–१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरि केरा बोकेर बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गर्छन् । उनी दिनमा हजारौं रुपैयाँको केराको कारोबार गर्छन् । दर्जनमा हिसाब हुने गाउँघरमा सूर्यले...बाँकी

सनराइज बैंकको झुटले राज्यलाई करोडौँ नोक्सानी, राष्ट्र बैँकनै शंकाको घेरामा

काठमाडौँ – राष्ट्र बैँकको निर्देशन विपरित सनराइज बैँकले गलत प्रतिबेदन दिएर राज्य कोषलाई करोडौँ नोक्सान पूर्याएको छ । कुल लगानीको पाँच प्रतिशत विपन्न बर्गमा अनिवार्य लगानी गर्नुपर्ने राष्ट्र बैँकको निर्देशिकामा उल्लेख छ तर सेटिङका आधारमा कागजी...बाँकी

ट्राफिक प्रहरीलाई ३५ प्रतिशत भत्ता

फागुन २७ काठमाडौं – ट्राफिक प्रहरीलाई गृह मन्त्रालयले अतिरिक्त भत्ताको प्रस्ताव गरेको छ । सडकमा दैनिक १५ घन्टासम्म खटिने उनीहरूलाई ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ताको प्रस्ताव अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ । यो समाचार आजको...बाँकी

१४ करोडका कारगेड बाइक किन्दै सरकारः राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड

फागुन २६ काठमाडौं – सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च...बाँकी

कौशल्टारमा भीषण आगलागी, ६ करोडको क्षति

फागुन २० भक्तपुर – मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । आइतबार राति ११ बजे लागेको आगो सोमबार बिहान...बाँकी

आर्थिक सहायता र भ्रमणभत्ता भन्दै सरकारले एक महिनामै बाँडियो डेढ करोड

फागुन १५ काठमाडौं–सरकारले आर्थिक सहायता र भ्रमण शीर्षकमा एक महिनामा मात्रै १ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम बाँडेको राजधानी दैनिकमा खबर छ । सरकारले विभिन्न समयमा गरेको आर्थिक सहायता वितरण र उच्चपदस्थ सरकारी अधिकारीको विदेश...बाँकी

ठेक्का सम्झौता खारेज भएको भोलिपल्ट युटिएललाई ४० करोड पेस्की भुक्तानी

फागुन १० काठमाडौँ – सरकारले प्रदेश ४ र ५ मा अप्टिकल फाइबर विस्तार गर्न युटिएलसँग भएको सम्झौता खारेज गर्ने निर्णय लिएको भोलिपल्ट नेपाल दूरसञ्चार प्राधिकरणले उसलाई ४० करोड २० लाख भुक्तानी दिएको छ । सम्झौता अवधि...बाँकी

पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे यस्तो भन्छ निगम

फागुन १० काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ...बाँकी

काठमाडौं महानगरपालिकाको बेथिति : भत्ता, सुविधा र भ्रमणमा मात्र सकियो ९ करोड

फागुन ९ काठमाडौँ – काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि पाएको झन्डै दुई वर्ष पुग्नै लाग्दा पनि महानगरवासीले राहतको अनुभूति गर्न सकेका छैनन् । सर्वसाधारणले धुलोधुँवाका कारण निम्तिएका वातावरणीय समस्या, बेहाल सडक, अव्यवस्थित बसोबासका कारण सास्ती भोगिरहेका छन्...बाँकी