Motivate News

राज्यको सेवा सुविधा कर्णालीमैत्री हुनुपर्छ – महानिरीक्षक अर्याल

पुस १८, जुम्ला – दुर्गम क्षेत्रको सुरक्षा अवस्था निरीक्षण गर्न जुम्ला आइपुग्नुभएका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राज्यको सेवा सुविधा कर्णालीमैत्री हुनुपर्ने बताउनुभएको छ । महानिरीक्षक अर्यालले शुक्रबार कर्णाली अञ्चल प्रहरी तथा जिल्ला प्रहरी कार्यालय जुम्लामा...बाँकी

विपद्को समयका लागि वैदेशिक सहायतासम्बन्धी कार्यविधि बन्दै

पुस १८, काठमाडौँ – गत वैशाख १२ को भूकम्पपछिको असहज परिस्थितिमा वैदेशिक सहयोगसम्बन्धीे स्पष्ट नीति नहुँदा परेको कठिनाइलाई मध्यनजर गर्दै सरकारले त्यस्तो नीति बनाउने भएको छ । सरकारले ल्याएको ‘तत्काल सुधार कार्ययोजना’ अन्तर्गत दुई महिनाभित्रै...बाँकी

मुलुकका समस्या छिट्टै समाधान हुने – सञ्चारमन्त्री राई

पुस १८, विराटनगर – सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अघोषित नाकाबन्दी र त्यसबाट सिर्जना भएको मानवीय सङ्कट चाँडै अन्त्य हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले समस्यालाई समाधान गर्न सरकारले...बाँकी

सीमाङ्कनको टुङ्गो लगाएर मधेस आन्दोलनलाई सम्बोधन गर्नुपर्छ –डा भट्टराई

पुस १८, काठमाडौँ – नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले तराई–मधेसमा जारी आन्दोलनको मुख्य विषय सीमाङ्कन टुङ्ग्याएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । तराई–मधेसमा जारी आन्दोलनका समस्यालाई समाधान गर्ने सम्बन्धमा आज आफ्नै निवास सानेपामा रिपोर्टर्स...बाँकी

आइतबारबाटै मधेसको समस्याले निकास पाउँछ : प्रचण्ड

पुस १८, काठमाडौँ – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा जारी समस्याले आइतबार निकास पाउने दाबी गरेका छन् । सुनसरीको इटहरीमा शनिबार आयोजना गरिएको १ नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी हुन बिराटनगर विमानस्थलमा ओर्लिएका प्रचण्डले...बाँकी

भूकम्पपीडितलाई दस दिनभित्र १० हजार बाँड्न निर्देशन

पुस १८, काठमाडौँ – सरकारले भूकम्पपीडितहरूलाई जाडोबाट बचाउन न्यानो कपडाका लागि १० दिनभित्र प्रतिपरिवार १०/१० हजार रुपैयाँ राहत वितरण गरिसक्न जिल्ला प्रशासन कार्यालयहरूलाई शुक्रबार निर्देशन दिएको छ । चिसोले कठ्यांग्रिएर भूकम्पपीडितहरूको मृत्यु हुन थालपछि गृहमन्त्री शक्ति...बाँकी

आतंकवाद अन्त्यका लागि अधिकार प्रयोग गर्ने : ओबामा

पुस १८, काठमाडौँ – अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकामा बढ्दो बन्दूक आतंक नियन्त्रण गर्नका लागि एकसूत्रीय अभियान थाल्ने घोषणा गर्नु भएको छ । यसबारे कस्तो कार्वाही थाल्ने भन्नेबारे आफूले महान्यायाधिवक्तासँग छलफल गर्ने उहाँले बताउनुभयो । नयाँ...बाँकी

प्रमुख दलहरुबीच छलफलको तयारी

पुस १८, काठमाडौँ – मधेसी मोर्चाले राखेका मागका विषयमा प्रमुख दलहरुबीच आज छलफल हुने भएको छ । बैठकमा मोर्चाले उठाएको निर्वाचन क्षेत्र निर्धारण र संघियताका विषयमा केन्द्रित रहेर छलफल हुनेछ । एक महिनाभित्र सीमांकन टुङ्गो लगाउने...बाँकी

मोर्चाभित्र विवाद, सद्भावना पार्टी छुट्टै कार्यक्रम गर्ने तयारीमा

पुस १८, काठमाडौँ – मधेसी मोर्चाको एउटा घटक सदभावना पार्टीले आन्दोलनका विषयमा छुट्टै तयारी गरेको छ । अध्यक्ष राजेन्द्र महतो घाइते हुँदा पनि मोर्चाले बैठक गरेर आधिकारीक धारणा तय नगरेको भन्दै सदभावना पार्टीले मोर्चाका अरु...बाँकी

फिल्म सिटी सार्ने विषयमा पर्यटनमन्त्रीलाई गृहजिल्लामै कालोझण्डा

पुस १८, दोलखा– प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको लाकुरी डाँडास्थित डाङडुङमा प्रस्तावित फिल्म सिटी अन्यत्र सार्ने सरकारी प्रयासको विरोधमा सदरमुकाम चरिकोटको सातदोवाटोमा स्थानीयहरुले नागरिक उड्डयन तथा पर्यटनमन्त्री आनन्द पोखरेललाई कालोझण्डा देखाएका छन् । जनताको संविधान...बाँकी