Motivate News

धरहराको पुनःनिर्माण छिटो हुन्छ : मन्त्री अधिकारी

जेठ २, काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताएका छन् । विश्व संग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एशोसिएसनले बुधबार आयोजना...बाँकी

नेकपा एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने

जेठ २, काठमाडौँ – पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान...बाँकी

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

जेठ २, भीमदत्तनगर – प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘वस्तु निकासी र...बाँकी

फौजदारी अभियोग लागेका सांसद बचाउन कांग्रेसको अडान : ‘एमालेले नियतवस सांसदलाई निलम्बन गर्ने गरी अगाडि बढाएका आरोप

काठमाडौं – फौजदारी कसुरको विषयलाई लिएर पेचिलो बनेको प्रतिनिधिसभा नियमावली संसदबाट पारित गर्ने प्रकृया प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चेतावनीका कारण अवरुद्ध भएको छ। प्रतिनिधिसभा नियमावलीमाथि परेको संशोधनमा मतदान गर्नेगरी आज संसदमा प्रस्तुत हुन लागेको थियो।...बाँकी

मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला, चालक दलका दुवै सदस्यको मृत्यु

काठमाडौं – मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ,...बाँकी

साढे ३३ किलो सुन प्रकरण : पुर्वाग्रही भएर अनुसन्धान गरेको वकिलहरुको आरोप

काठमाडौँ – पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्धा दायर गरिएको प्रतिवादीका वकिलको आरोप छ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्धामा छानविन समिति र प्रहरीको अनुसन्धान त्रुटिपुर्ण रहेको प्रतिवादीका कानुनी व्यवसायीले दावी...बाँकी

विबाह नगरेपनि बच्चा जन्माउन पाइने, यस्तो बन्दैछ कानुन !

काठमाडौ – नेपालमा अव विबाह नगरेपनि बच्चा जन्माउन पाइने भएको छ । कान्तिपुर दैनिकका अनुसार अब नेपालमा बच्चा जन्माउन बिहे गर्नैपर्ने कानूनी व्यवस्था हट्ने भएको हो । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी...बाँकी

जेलभित्र पनि गुण्डा गर्दी, दुई कैदी समूहहरुबीचको शक्ति संघर्षले सुनुवारको शंकास्पद मृत्यु

काठमाण्डौ – काठमाण्डौको नख्खु जेलभित्र रहेका कैदीहरूको दुई फरक–फरक समूहबीचएकले अर्को समुहलाई हटाएर आफ्नो समुह स्थापित गर्न संघर्ष हुने गरेको तथ्य भेटिएको छ । करणी र कर्तव्यज्यान मुद्दामा नख्खु जेलमा कैद सजाय भोगिरहेका भक्तबहादुर सुनुवारको...बाँकी

सिरियामा अवरोध छैन : रुस

मस्को – सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तरराष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ । सिरियामा केही महिना पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन...बाँकी

गाजामा प्रदर्शनकारीमाथिको सैन्य कारबाहीमा ५९ मारिए

गाजा सिटी, प्यालेस्टाइन – आइतबार गाजाको सीमामा इजरायली सेनाले गरेको कारबाहीका क्रममा मारिनेको संख्या ५९ पुगेको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा मङ्गलबार पनि पुनःप्रदर्शनको अनुमान गरिएको छ । सो क्षेत्रमा विगतका केही दिनदेखि विरोध...बाँकी