जापनिज भाषा परीक्षाको नाममा यसरी भैरहेको छ ठगी
काठमाडौँ – नेपालमा जापनिज भाषा परीक्षाको नाममा ठगी हुने गरेको तथ्य फेला परेको छ। नेपालमा बिभिन्न बहानामा कहिपनि कामै नलाग्ने भाषा परीक्षाका नाममा विद्यार्थीहरुबाट पैसा असुलेर बिभिन्न संस्थाहरुले ठगी गरेको पाइएको हो। यो परीक्षाको रिजल्ट न भिसा लाग्दा काम लाग्ने न जापान पुगेपछि नै काम लाग्ने तथ्य फेला पारेपछि भाषा परीक्षाको नाममा लुटको खेति भैरहेको पत्ता लागेको हो । आज हामि तपाईंलाई नेपालमा हुने जापानीज भाषा परीक्षाका बारेमा केही तथ्यपरक जानकारी दिदैन्छौँ ।
नेपालबाट अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जापान जाने गरेका छन् । आर्थिक बर्ष २०८०÷८१ को तथ्याङ्क अनुसार जापान अध्ययनका लागि ३४ हजार ७ सय ३१ जना विद्यार्थीले नो अव्जेक्सन सर्टिफिकेट (एनओसी) लिएका छन् । एनओसी लिएका ९० प्रतिशत विद्यार्थीको भिसा लाग्ने गरेको छ ।
नेपालबाट अपवादबाहेक जापानमा जापानीज भाषा अध्ययन गर्नका लागि नेपालीहरु जाने गरेका छन् । जापान जानका लागि सामान्य बोलीचालीको भाषा सिकेर गए पुग्छ । तर शैक्षिक कन्सल्टेन्सीहरुले अनावश्यक भाषालाई हाउँगुजी बनाउँदै ठगी धन्दा चलाएका छन् । कुनै पनि बेला काम नलाग्ने भाषा परीक्षामा सहभागी गराएर कन्सल्टेन्सीले विद्यार्थीलाई ठगीरहेका छन् ।
नेपालमा जापनीज ल्याङग्वेज प्रोफिसेन्सी टेस्ट (जेएलपीटी) मात्र जापानीज दूतावासले मान्यता दिएको टेस्ट परीक्षा हो । यसको परीक्षा बर्षमा २ पटक हुने गरेको छ । यसबाहेकका भाषा परीक्षा लिने संस्थाहरु अवैध मानिएको छ । यसरी गैरकानुनी रुपमा भाषा परीक्षा लिने संस्थाहरुमा जापानी ल्याङ्ग्वेज क्यापिविलिटी टेस्ट (जेएलसीटी), जापानीज प्रोफिसेन्सी टेस्ट (जेपिटी), सर्टिफिकेट अफ जापानीज एज फरेन ल्याङ्ग्वेज (जे–सर्ट), न्याट टेस्ट, टप जे लगायतका रहेका छन् ।
उनीहरुले एक पटक परीक्षा लिएको विद्यार्थीबाट ४५ सय नेपाली रुपैयाँ लिने गरेका छन् । यस्ता खालमा परीक्षामा बर्षको ५० हजारभन्दा धेरै विद्यार्थीहरुले सहभागीता जनाउने गर्दछन् । कन्सल्टेन्सीलाई समेत कमिसन आउने भएकाले विद्यार्थीलाई जवरजस्ती परीक्षा दिन लगाने गरेको विद्यार्थीको गुनासो छ । यस्ता टेस्टमा आफै अंक भार थपिदिने, परीक्षा केन्द्र मनलाग्दी राख्ने र सकेसम्म परीक्षामा सहभागी भएको विद्यार्थीलाई राम्रो अंकभार दिएर खुशी बनाउने गरेका छन् । तर यो परीक्षाको रिजल्ट न भिसा लाग्दा काम लाग्न न जापान पुगेपछि नै काम लाग्छ ? यो काम नलाग्ने टेस्ट लिएर, लिन लगाएर विभिन्न संस्थाले लुटिरहेका छन् ।
https://fb.watch/uochfcuJDS/