सिल्भरका सन्तोषले ३ सय डलर पचाउन खोज्दा…
काठमाडौं – JBU विश्वविद्यालयको म्यानेजरको दलाली धन्दा, KNU को स्टुडेन्टसँगबाट लिएको थियो ३०० डलर, अहिले Agreement भएका कन्सल्टेन्सीलाई छैन कोटा, म्यानेजर पोस्टमा बसेर दलाली धन्दा । प्रतीक्षा गर्नुहोस्।’ यो सिल्भर एजुकेशनले चलाएको फेसबुक ग्रुप ‘स्टडी इन साउथ कोरिया (भिसा डिस्कसन)’ मा भएको पोस्ट हो ।
सिल्भरले चलाएको फेसबुक ग्रुपमा आएको पोस्टलाई सिल्भरका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनालले एप्रुभ गरिदिए । पोस्ट एप्रुभ भएपछि सन्तोषले कोरियाको joongbu University की इन्टरनेशनल अफवेयर डिपार्टमेन्टमा कार्यरत मुना ठकुरीलाई म्यासेज गरेर ब्ल्याक मेल गर्न थाले । ‘के हो म्याम शोभराजले न्यूज भन्दै छ त…’ भनेर म्यासेज गरे । सन्तोष आफैले लेखेर ग्रुपमा पोस्ट गर्ने, आफैले अप्रुभ गर्ने र मोटिभेट न्यूजका सम्पादक शोभराज बरालले समाचार लेख्न खोजेको भन्दै विश्वविद्यालयका प्रतिनिधिसँग ब्ल्याकमेल गरेको पाइएपछि यस विषयमा मोटिभेट न्यूजले पनि खोजी गरेको थियो । खोजी गर्दै जाँदा शैक्षिक परामर्श क्षेत्रको डरलाग्दा ठगी भन्दा सतहमा आएको छ ।
विशेषगरी नेपालबाट अध्ययनका लागि दक्षिण कोरियामा विद्यार्थी पठाउने शैक्षिक कन्सल्टेन्सीहरुले विद्यार्थीको ढाड सेक्ने गरेको तथ्य पत्ता लागेको छ । नेपाली विद्यार्थीलाई ठग्नका लागि शैक्षिक कन्सल्टेन्सीले कोरियामा विश्वविद्यालयका प्रतिनिधिसँग मिलेर छुट्दै कम्पनी खोल्ने र त्यहीमार्फत विश्वविद्यालयमा विद्यार्थी भर्ना गर्ने भन्दै धगी धन्दा चलाउने गरेको तथ्य खुलेको हो । कोरियामा रहेका विद्यार्थीलाई आइपर्ने समस्यामा सहयोग गर्ने, काम खोजिदिने, पिकअप र ड्रप गरिदिने, कोठा खोजिदिने लगायतका बाहाना बनाएर कन्सल्टेन्सीले विद्यार्थीबाट ३०० देखि ५०० अमेरिकी डलरसम्म उठाउने गरेका छन् । यसरी उठाएको मध्ये अर्को कम्पनीसँगको सम्झौता अनुसार कन्सल्टेन्सीले भिसा नोटिफिकेशन आएपछि पठाइदिनु पर्ने हुन्छ ।
सिल्भरका सन्तोषले पनि कोरियाको कोरियन इन्टरनेशनल एजुकेशन कन्सल्टिङ कम्पनी (केआईईसीसी)सँग सम्झौता गरेर काम गर्दै आएका थिए । केआईईसीसी कोरियाको Kangwon National University का प्रोफेसर मिनही लिई (MH LEE)ले संचालन गरेको विद्यार्थीलाई सहयोग गर्ने, भर्ना गर्न स्थापना भएको संस्था हो । सम्झौता अनुसार सन्तोषले केआईईसीसीलाई कोरियाका नेशनल युनिभर्सिटीमा विद्यार्थी भर्ना गर्दा ३०० डलर, प्राइभेट विश्वविद्यालयमा भर्ना गर्दा २०० डलर र भेट कलेजमा भर्ना गर्दा ३०० डलर तिर्ने गरि सम्झौता गरेका थिए । सम्झौता अनुसार सन्तोषले एक विद्यार्थीबापतको तिर्न पर्ने रकम केआईईसीसीलाई नपठाएपछि विवाद भएको थियो ।
‘सन्तोष सरले Kangwon National University मा पठाएका १ जना विद्यार्थीको ३०० डलरका पठाउनु भएन । त्यही पैसा पचाउन उहाँले ब्ल्याकमेल गर्नुभयो । उहाँ यो स्तरसम्म गिर्नु हुन्छ जस्तो लागेको थिएन ।’, केआईईसीसी श्रोतले भन्यो, ‘विद्यार्थीले पैसा दिन मानेन विद्यार्थीसँगै उठाउनु भन्नुभयो । हामीले त विद्यार्थीसँग सम्झौता गरेका थिएनौं ।’ joongbu University मा कार्यरत मुनाले KNU विश्वविद्यालयका प्रोफेसरले खोलेको केआईईसीसीको मान्छेलाई सन्तोषसँग चिनाई दिएकी थिइन् । उनले चिनाएपछि केआईईसीसी र सन्तोषले १ बर्षको सम्झौता गरेर काम गरेका थिए ।
एक जना विद्यार्थीको पैसा नआएपछि केआईईसीसीले मुनालाई सम्पर्क गरेको थियो । मुनाले सन्तोषले पैसा नदिएपछि आफ्नो खाताबाट पठाइदिएको बताइन् । मोटिभेट न्यूजको सम्पर्कमा आएकी मुनाले भनिन्, ‘उहाँले एउटा विद्यार्थीको पैसा विद्यार्थीसँगै उठाउन भन्नुभयो । मैले तपाईंसँग सम्झौता गरेको हो, हामी विद्यार्थी चिन्दैनौं भने । उहाँले पैसा नपठाएपछि मैले केआईईसीसीको सरसँग सम्बन्ध बचाइराख्न आफ्नो खाताबाट पैसा पठाइदिएकी थिएँ ।’
यता सन्तोषले सक्सेस् हबको संचालक सन्दीप तिवारी, JBU को स्टाफ मुना मिलेर केआईईसीसी खोलेको बताए । ‘उनीहरुले खोलेको कम्पनी हो केआईईसीसी, एउटा डमि नाम क्रेट गरेर उहाँहरुले काम गरिरहनु भएको छ ।’, मोटिभेट न्यूजसँग सन्तोषले भने, ‘एमएच लिई भन्ने को हो ? उसको फोटो, पासवर्ड, आधिकारिक डकुमेन्ट केही हुन पर्दैन । यो उनीहरुको कम्पनी हो । मैले उनीहरुको व्यक्तिगत खातामा पैसा पठाएको छु । अर्कैको कम्पनी भए आफ्नो खातामा किन पैसा मागेको ?’
उनले आफूले केआईईसीसीसँग एक लौटी सम्झौता मात्र गरेको बताए । ‘सम्झौता भनेको दुई पक्षबीच हुन पर्ने हो तर मसँग भएको सम्झौता एक पक्षिय मात्र छ ।’, उनले भने, ‘त्यो एमएच भन्ने डमी नाम भएकाले दोहोरो सम्झौता नभएको हो । मैले मुनाको खातामा पैसा जम्मा गरेको छु । पछिल्लो उहाँले भनेको विद्यार्थीको पनि पैसा दिइसकेको छु ।’