यी हुन् केएनयु र किम्पो विश्वविद्यालय जाँदा सिल्भरबाट ठगिएका विद्यार्थी
काठमाडौं – सिल्भर एजुकेशन फाउण्डेशनले नेपाली विद्यार्थीलाई ठग्ने गरेका समाचारहरु यसअघि प्रकाशन गरिसकेका छौँ । आज हामी सिल्भरले कुन–कुन विश्वविद्यालयमा, कुन–कुन विद्यार्थी प्रलोभनमा परेर ठगेको थियो भन्ने विषयमा प्रकाश पार्दै छौँं ।
सिल्भरले पछिल्लो १ बर्षमा थुप्रै विद्यार्थीलाई अध्ययनका लागि कोरिया पठाएको छ । यसरी नेपाली विद्यार्थीलाई कोरिया पठाउँदा सिल्भरले कोरियामा रहेका विचौलिया संस्थामार्फत विद्यार्थी ठग्ने गरेको छ । सिल्भरले कोरियाको विचौलिया कम्पनी कोसा, केआईईसीसी र बंगालदेशको उई केयर एजुकेशनमार्फत विद्यार्थी ठग्ने गरेको छ ।
यसअघि सिल्भरले केआईसीसी र कोसामार्फत Kangwon National University र किम्पो विश्वविद्यालयमा गएका विद्यार्थी ठगिएको विषयमा समाचार लेखिसकेका छौँ भने उई केयर एजुकेशनमार्फत भइरहेको ठगी धन्दा बारेको समाचार विस्तारै लेख्दै जानेछौं । मोटिभेट न्यूजलाई प्राप्त विवरण अनुसार केआईसीसीमार्फत केएनयु विश्वविद्यालयमा गएका विद्यार्थी ३ सय अमेरिकी डलरका दरले ठगीएका थिए भने कोसामार्फत किम्पो विश्वविद्यालयमा गएका विद्यार्थीहरु १९ लाख कोरियन ओनका दरले ठगीएका छन् ।
यसरी ठगिनेमा Kangwon National University का ५ जना र किम्पोका ४ जना विद्यार्थीको नामावली मोटिभेट न्यूजले प्राप्त गरेको छ । Kangwon National Universit मा गएर ठगीने विद्यार्थीमा विद्या घर्ति, कृतिक खड्का, मनिषा दाहाल, निशा मगर र शीषिर आचार्य रहेका छन् भने किम्पो विश्वविद्यालयमा गएर ठगीने विद्यार्थीमा अतिस राज शाही, सम्वेग चौहान, दिपेश कटुवाल लगायत रहेका छन् ।
यीनीहरु मध्ये केएनयु गएका कृतिक खड्काले पैसा बुझाएका थिएनन् भने अरु सबैले भने अनुसारकै पैसा बुझाएर कोरिया पुगेका छन् । कृतिक खड्काले पैसा नदिएपछि सिल्भरका कर्तुतहरु सिल्भरकै सन्तोष खनालमार्फत श्रृखलाबद्ध रुपमा मोटिभेट न्यूजलाई प्राप्त भएका थिए ।
कोरिया पुगेका विद्यार्थीले भने आफूहरु ठगीएपनि खुशी रहेको बताए । सामाजिक संजाल ह्वास्टएप मार्फत जोडिएका होस्टेलको कोठा नम्बर ५ का विद्यार्थी बताउने उनीहरुले आफूहरुले पैसा अनुसारकै सुविधा पाएकाले खुशी भएको बताए । समाचार सार्वजनिक भएपछि सिल्भरका सन्तोष खनालले कोरियामा रहेका विद्यार्थीलाई होस्टेलबाट निकालिदिने डरसहितको धम्की दिएपछि उनीहरु सिल्भर र कोसाको पक्षमा बोल्न बाध्य भएका हुन् ।
किम्पो विश्वविद्यालय सहरबाट निकै टाढा जंगलमा रहेको छ । हप्तामा दुई दिनमात्र पढाई हुने यो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई कोसाले गैरकानुनी रुपमा काम लगाउनेसमेत गरेको छ । विद्यार्थीलाई होल्टेलमा राख्दा खर्च धेरै आउने भएपछि कोसाले हप्तामा ५ दिन विद्यार्थीलाई होस्टेल बाहिर राखेर गैरकानुनी काममा लगाउने गरेको छ ।
कोरियामा विद्यार्थीले हप्तामा २० दिनमात्र काम गर्न पाउँछन् । तर कोसाले राम्रो कमाउन सकिने भन्दै विद्यार्थीलाई गैरकानुनी काममा लगाएर उनीहरुको भविश्यमाथि खेलबाड गरिरहेको छ । कोरियाको प्रहरीले गैरकानुनी काम गरेको भेटाएको खण्डमा विद्यार्थीको जिन्दगी बर्वाद हुन्छ ।