पूर्व रेडियोकर्मी अधिकारी कृर्षिमा लागेपछि करोडपति ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, जेष्ठ ६ २०७६
39.3K
SHARES

नेपालगंज – बाँके जिल्लाको खजुरामा ब्यबसायीक केरा खेति गर्दै आएका देवेन्द्र अधिकारी कुनै समय रेडियोका लोकगीतको कार्यक्रम संचालन गरि श्रोताको मन जिति रहेको हुन्थ्ये । नेपालगंजको भेरी एफ.एमका लोक तथा दोहोरी गीतको कार्यक्रम संचालन गर्दा मध्य तथा सुदुर पश्चिमका श्रोताहरुको मन मुटुमा बस्न सफल देवेन्द्र आर्थिक रुपमा भने कमजोर थिए ।

विहान वेलुकाको छाक टार्न उनलाई रेडियो बाहेक विभिन्न संघ संस्थाका टुक्क्रे (साना तिना) कार्यक्रममा ब्यस्त हुनुपर्ने बाध्यता थियो । आर्थिक अभावबकै कारण उनले रेडियोको कार्यक्रमबाट बिदा लिए र २०७१ सालबाट ब्यबसाथीक कृर्षि पेशा तिर आक्रसित भए । २०७१ सालमा तीन लाख ऋण लिएर उनले ब्यबसायीक कृर्षि खेतिको सुरुवात गरेका थिए ।

गाउँका धेरैले पढेलेखेको मान्छे कृर्षिमा लाग्यो भनेर होच्याने र गिज्याने गरेको सम्झना गर्ने अभिकारी ज्ञान शिप र मिहिनेतको संमिश्रणबाट आज एउटा नयाँ पहिचान बनाउन सफल भएको बताउँछन । तीन लाखको उनको कम्पनी अहिले ४ करोड भन्दा माथिको भएका छ ।

अहिले उनले ४ करोडको लगानीमा नयाँ नर्सरी सुरु गरेका छन । उक्त नर्सरीबाट करिव १३ लाख केराका विरुवा उत्पादनको लक्ष्य रहेको अधिकारी बताउँछन । टिस्युकल्चर प्रविधिबाट केराका विरुवा उत्पादन गरेका अभिकारी उक्त प्रविधिबाट उत्पादित विरुवाले राम्रो प्रतिफल दिने बताउँछन । अहिले विरुवाहरु तयार भइसकेका छन ।

बाँकेको कोहलपुरमा रहेको उनको नेपाल कृषि विकास फार्म प्रा.लि.ले नर्सरी व्यवसाय, खेति व्यवसाय, सेवा क्षेत्र तथा बजारिकरण लगायतका अन्य सेवामा गरी कुल ४ करोड लगानी गरेका छन । तीन लाख रुपैँयाबाट सुरु भएको फार्मको कारोबार बढेर करोड पुगेपछि उनले सोही फार्मलाई प्रा.लि.मा स्तरउन्नती गरेका हुन् । फार्मले कोहलपुर ८ मा ग्रीष्म वागवानी नर्सरीसंगै गुलरिया बर्दियामा १० बिगाहा जमीन भाडामा लिएर व्यवसायिक केरा खेति गरिरहेको छ ।

यसै बर्षदेखि बर्दियाकै बारबर्दियामा १० बिघा जमिनमा व्यवसायिक कागती, अनार, लिचि, मेवा र आँप खेतीसगैँ दैलेखको गुराँस गाउँपालिका पहाड तथा हिमाली क्षेत्रमा हुने बिरुवा साथै आलुको लागि नर्सरी र टिस्युकल्चर ल्याब बनाउने काम सुरु भैसकेको अधिकारी बताउँछन ।

बाँकेको खजुरा गाउँपालिका ४ एफ गाँउका २८ वर्षिय देवेन्द्र अधिकारीले खजुरापछि कोहलपुरमा नेपाल कृषि विकास फार्म प्रालि सन्चालन गरेका हुन् । फार्म सन्चालन गरेर जिल्लामै आधुनिक तबरले ‘टिस्यू कल्चर’ प्रविधिबाट बेर्ना उत्पादन गर्दे आएका उनले अहिले यो प्रविधीले उत्पादित वेर्नाको माग बढ्दो रहेको वताए । समन्वय भएका प्रायः सबै किसान, कृषि फार्म, सहकारी संस्था, स्थानीय निकाय लगायत साना नर्सरीहरु, सप्लायर्स, डिपो आदिको लागि प्राथमिक रुपमा तयारी भएका र पूर्ण तयारी भएका गरी दुई थरीका बिरुवा उपलब्ध गराउँदै आएका छन ।

उनले २०७१ सालमा बैंकबाट तिन लाख ऋण लिएर खजुरा ४ मा एक बिघा जमिनबाट केरा खेती सुरु गरेका थिए । २ लाखको मात्रै केरा रोपे । लाखौमा सुरु गरेको व्यवसाय अहिले करोडमा पुगेको छ । यो व्यवसाय विस्तार गर्न उनले थप एक करोड ऋण लिएका छन् । टिस्युकल्चर ल्याव सहितका सेवाहरु थप गर्नका ४ करोडका सामाग्री थप्दै यसै वर्ष कुल ८ करोड लगानी पु¥याउने लक्ष्य रहेको उनको भनाई छ ।

कोहलपुरमा रहेको फार्ममा ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादित विभिन्न प्रजातिका केरा, कागति, अनार, भुइँकटहर, अम्बा, मेवा लगायत गुणस्तरीय रुपमा कलमी वा उन्नत प्रविधि अपनाईएका आँप, लिचि, अंगुर, टिमुर, सुन्तला, नास्पती, दाँते ओखर, अलैँची, किवि, एभोकाडो, आलु आदि र विभिन्न फुलहरु, सो प्लान्टहरु र जडिबुटी तथा वन सम्बन्धिका विभिन्न विरुवा उत्पादन गरी देवेन्द्रले विक्रि वितरण गरीरहेका छन । पछिल्लो ५ बर्षदेखि हालसम्म ३० लाख बढि विरुवा उत्पादन गरीसकेको उनले बताए ।

‘गतबर्ष सबै जातका गरेर करिब ७ लाख बिरुवा उत्पादन र बिक्रि भयो’ मोटिभेट न्युजसंग अधिकारीले भने, ‘यसबर्ष १४ लाख बिरुवा उत्पादन र बिक्रि गर्ने योजना बनाएका छौ । अगाडी थपे, ‘कृषि व्यवसाय जोखिमपूर्ण त छ तर सम्भावना पनि धेरै छ, गत बर्ष करिब ३० लाख नाफा भएको थियो ।’

टिस्युकल्चर प्रविधिलाई प्रथमिकता दिएका अधिकारीले यो प्रविधिले उत्पादन गरिएका बिउ, बिरुवामा जातीय शुद्धता र गुणस्तरमा विश्वसनीय हुने, नर्सरीमा हुँदासम्म कुनैपनि रोग र भाइरस नलागेको हुने, पछिपनि रोग प्रतिरोधात्मक हुने, पहिलो पुस्ताको हुने, बिरुवा एकनासले हुर्कने, एकनासले फल्ने, धेरै फल्ने, सबै फल बिक्रि गर्न योग्य गुणस्तरीय हुने, ढुवानी तथा काम गर्न सजिलो हुने र अन्य बिरुवा भन्दा अलिछिटो फल्ने भएकाले व्यवासायिक किसानको पहिलो रोजाईमा परेको बताउँछन ।

‘टिस्यूकल्चर’ प्रविधिबाट केराको जि नाइन, विलियम हाइब्रिड, मालभोग, रातो केरा आदि जातका केराहरुका साथै कागतिका विभिन्न जातहरु जस्तैः सुन कागती, थाई सिड्लेस, मद्रास हाईब्रिड, अनारको सुपर भगवा, भगवा, मृदुला, गणेश, अम्बाको थाइ केजी, सिड्लेस, भुईकटरको यामडि टु, क्वीन, ज्वायन्ट क्यू, र रेड लेडी मेवाको बेर्ना उत्पादनको समेत सुरुवात गरीरहेका छन ।

अहिले उनीसंग २ लाख केरा, ५० हजार सुन कागती, ३० हजार थाई सिड्लेस कागती, १० हजार भुईकटहर, २० हजार थाई केजी अम्बा, सुपर भगवा अनार २० हजार, लिची १० हजार, टिमुर १ लाख, आँप ३० हजार र अन्य बिरुवा करिब ५० हजार गरी ५ लाख ५० हजार बिरुवाहरु तयारी स्टकमा रहेको छ । नेपाल कृषि विकास फार्मले विरुवा मात्र विक्रि नगरेर आफै फलफुलको पनि खेती गर्दे आएको छ ।

नेपाल कृषि विकास फार्म प्रा.लि.मा हाल दैनिक १२ जनालाई मासिक तलवका रुपमा रोजगारी दिएका अधिकारीले कामको चापको आधारमा २० जना भन्दा बढिसम्म स्थानियहरुलाई रोजगारी दिइरहेको बताउँछन । यसै बर्ष बर्दियामा व्यवसायिक खेती विस्तार र दैलेखमा शितोष्ण नर्सरी र टिस्युकल्चर ल्याब सञ्चालन हुने बित्तिकै थप २० जना मासिक तलबमा रोजगारी सिर्जना हुने उनको भनाई छ ।