अख्तियारको अनुसन्धान घेरामा रहेका मन्त्री खुसुक्क थाइल्याण्ड पुगे

काठमाडौं—अख्तियारको अनुसन्धान घेरामा रहेका मन्त्री खुसुक्क थाइल्याण्ड पुगेका छन् । एमाले महासचिव शंकर पोखरेलका भाञ्जी–ज्वाइँ, लुम्बिनी प्रदेशका उद्योगमन्त्री तथा कांग्रेस नेता प्रचण्डविक्रम न्यौपाने कानुनी प्रावधान मिचेर खुसुक्क थाइल्याण्ड पुगेको भेटिएको छ । उनी मातहतकै यातायात कार्यालयले नक्कली लाइसेन्स खुलेआम बिक्री–वितरण भइरहेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।
प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीहरूको विदेश भ्रमणलाई संघीय मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, एमाले महासचिव शंकर पोखरेलका भाञ्जी–ज्वाइँ तथा लुम्बिनी प्रदेशका उद्योगमन्त्री प्रचण्डविक्रम न्यौपाने कानुनी प्रावधान मिचेर थाइल्याण्ड पुगेको भेटिएको छ ।
दाङ जिल्लावासी राजदूत धनबहादुर ओलीको निमन्त्रणामा मन्त्री न्यौपाने त्यता पुगेका …